रामेछाप ५ चैत । जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको लागू औषध (अफिम) सोमबार नष्ट गरिएको छ गत फागुन २६ गते सुनापति गाउँपालिका वडा नं ३ हिले देवीबाट बरामद गरेर कार्यालय परिसरमा राखेको अफिम प्रहरीले मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष होम प्रसाद पौडेल (रामहरि), वडा नं ४ सालुका वडा अध्यक्ष राजन घिमिरे, जिल्ला अदालतका प्रतिनिधि,जिल्लाका सञ्चारकर्मीहरू समेतको रोहबरमा खाल्डोमा पुरेर नष्ट गरेको हो ।
हिले देवीका मेखबहादुर तामाङ र जगत तामाङको अन्दाजी ६ रोपनी घर जग्गा भाडामा लिएर ब्यवसायीक रूपमा लागू औषध खेती गर्दै आएको पाइएपछि प्रहरीले दुई महिला सहित ८ हजार बोट लागू औषध (अफिम) बरामद गरेको थियो । अफिम खती गर्ने रुकुम पुर्वीभेग पुथा उत्तरगंगा गाउँपालिका १ घर भई हाल सुनापती गाउँपालिका ३ बस्दै आएकी ६८ वर्षीय बुद्धि माया पुन मगर (गुरुङ) र सोही ठाउँकी वडा नं ५ घर भई हिले देवी बस्दै आएकी ४२ वर्षीय कान्छी विरुद्ध लागू औषध विरुद्ध मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको र अदालती प्रक्रिया अगाडि बढेपछि १० दिन पछि सडेको अवस्थामा बरामद अफिम नष्ट गरिएको रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए ।
यो बारेमा तपाईको प्रतिकृया