रामेछाप,९ माघ । नागरिककहरुको लामो प्रतीक्षापछि मन्थली अस्पतालको नव निर्मित १५ शैय्याको अस्पताल भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
भारत सरकारको आर्थिक सहयोगमा निर्मित उक्त अत्याधुनिक र सुविधा सम्पन्न २ तले नगर अस्पतालको भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका प्रमुख एवं डिभिजन इन्जिनियर सुमन सालिकेले मन्थली नगरका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशव धामी र निर्माण व्यवसायी सजन श्रेष्ठको रोहवरमा आज बुधवार मन्थली नगर प्रमुख लव श्रेष्ठलाई हस्तान्तरण गर्नु भएकाे हाे ।
सदरमुकाम मन्थलीमा रहेको एक मात्र सरकारी अस्पताल भएको नाताले यो अस्पतालमा दैनिक उपचार गराउन आउनेहरूको सङ्ख्यामा वृद्धि हुँदै गएपछि नागरिकहरूको सुविधालाई ध्यानमा राखी मन्थली अस्पतालका तत्कालीन नगर प्रमुख रमेश बस्नेतको अगुवाइ र सक्रियतामा २०७८ सालमा भवन निर्माणको काम आरम्भ भएको थियो ।
जस अनुसार २०७८जेठ ३० गते भारत सरकारको आर्थिक सहयोगमा उक्त भवन निर्माणका लागि सम्झौता भई २०८१ साल मङ्सिर ३० गते भवनको काम सम्पन्न गर्ने गरी सम्झौता भए सँगै काम आरम्भ भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.केशव धामीले जानकारी दिनुभयाे ।
अत्याधुनिक र सुविधा सम्पन उक्त १५ शय्याको अस्पताल भवनमा बिरामी र बिरामी कुरुवाहरुहरुका लागि आवश्यक सबै सेवा उपलब्ध हुने व्यवस्थापन मिलाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशव धामीले बताउनुभया । जसमा २ वटा सुविधा सम्पन्न क्याबिन रुमको पनि व्यवस्था गरिएको छ ।
सम्झौता अनुसार उक्त भवन भ्याट रकम सहित कुल १० करोड १३ लाख रुपैयाँको लागतमा निर्माण गर्ने जिम्मा गाल्वा लाल शुभ मेहेन्दाे जे िभ ले लिएको भए पनि विभिन्न कारणले भवन निर्माणको काम भने २ महिना ढिला भएको थियो ।
सङ्कटको घडीमा पनि पानी र विजुलिबत्तिको समस्या नहुने र सुरक्षाका लागि पनि भारत सरकारको अस्पताल मापदण्ड भित्र रहेर निर्मित उक्त भवन बिरामी र स्वास्थयकर्मिहरुका लागि पनि अत्याधुनिक र सबै कुराका लागि सुविधा सम्पन्न भएकोले यस बाट सेवा प्रवाहमा थप सहजता आउने अपेक्षा अस्पताल व्यवस्थापन समितिले गरेको व्यवस्थापन समितिका उपाध्यक्ष रामबाबु घिमिरेले बताउनुभयाे ।
नगरपालिकामा भवन हस्तान्तरणले आम नगरवासीहरूमा खुसीयाली छाएको भन्दै यस अभियानमा सहयोग पुर्याउने सघन सहरी तथा भवन निर्माण आयोजना मन्थली र निर्माण व्यवसायी सजन श्रेष्ठलाई धन्यवाद दिनुभयाे ।
उहाँले भवन हस्तान्तरण सँगै नगरपालिकालेनै अस्पताल सञ्चालन र व्यवस्थापन गर्नु पर्ने हुँदा यसको दीर्घकालीन ब्यस्थापनमा भने चुनौती रहेको नगर प्रमुख लव श्रेष्ठले जानकारी गराउनुभयाे ।
प्रमुख श्रेष्ठले नयाँ भवन पछि अस्पतालको सेवा विस्तार र सु व्यवस्थापनको काममा भने निकै सहयोग पुग्ने जानकारी पनि गराउनुभयाे ।
यसै बिच मन्थली नगरपालिकाले मन्थली अस्पतालको सेवालाई समेत आधुनिक र सुविधा सम्पन्न गराउने नगरको योजना मुताबिक मन्थली अस्पताललाई प्रदेश अस्पतालको रूपमा विस्तार र विकास गर्ने योजनालाई पनि तीव्र बनाएको छ ।
जस अनुसार प्रदेश स्वास्थ्य मन्त्रालयले समेत उक्त प्रस्ताव र अनुरोधलाई सकारात्मक रूपमा लिएर अस्पतालको अवस्थाका बारेमा अवलोकन गर्नका लागि बिहीबारै अनुगमन र निरीक्षणका लागि प्राविधिक टोली मन्थली अाउन लागेको जानकारी पनि अस्पताल प्रशासनले गराएको छ ।
यो बारेमा तपाईको प्रतिकृया