Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 

नेपाल अभियान नेपाल अभियान
९ माघ २०८१, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
228
SHARES
Share on FacebookShare on Twitter

 
रामेछाप,९ माघ । नागरिककहरुको लामो प्रतीक्षापछि मन्थली अस्पतालको नव निर्मित १५ शैय्याको अस्पताल भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ । 
 
भारत सरकारको आर्थिक सहयोगमा निर्मित उक्त अत्याधुनिक र सुविधा सम्पन्न २ तले नगर अस्पतालको भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका प्रमुख एवं  डिभिजन इन्जिनियर सुमन सालिकेले मन्थली नगरका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशव धामी र निर्माण व्यवसायी सजन श्रेष्ठको रोहवरमा आज बुधवार मन्थली नगर प्रमुख लव श्रेष्ठलाई हस्तान्तरण गर्नु भएकाे हाे ।

सदरमुकाम मन्थलीमा रहेको एक मात्र सरकारी अस्पताल भएको नाताले यो अस्पतालमा दैनिक उपचार गराउन आउनेहरूको सङ्ख्यामा वृद्धि हुँदै गएपछि नागरिकहरूको सुविधालाई ध्यानमा राखी  मन्थली अस्पतालका तत्कालीन नगर प्रमुख रमेश बस्नेतको अगुवाइ र सक्रियतामा २०७८ सालमा भवन निर्माणको काम आरम्भ भएको थियो ।
जस अनुसार  २०७८जेठ ३० गते भारत सरकारको आर्थिक सहयोगमा उक्त भवन निर्माणका लागि सम्झौता भई २०८१ साल मङ्सिर ३० गते भवनको काम सम्पन्न गर्ने गरी सम्झौता भए सँगै काम आरम्भ भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.केशव धामीले जानकारी दिनुभयाे ।

 अत्याधुनिक र सुविधा सम्पन उक्त १५ शय्याको अस्पताल  भवनमा बिरामी र बिरामी कुरुवाहरुहरुका लागि आवश्यक सबै सेवा उपलब्ध हुने व्यवस्थापन मिलाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशव धामीले बताउनुभया  । जसमा २ वटा सुविधा सम्पन्न क्याबिन रुमको पनि व्यवस्था गरिएको छ ।     

सम्झौता अनुसार उक्त भवन भ्याट रकम सहित  कुल १० करोड १३ लाख रुपैयाँको लागतमा निर्माण गर्ने  जिम्मा गाल्वा लाल शुभ मेहेन्दाे जे िभ ले लिएको भए पनि विभिन्न  कारणले भवन निर्माणको काम भने २ महिना ढिला भएको थियो ।

सङ्कटको घडीमा पनि  पानी र  विजुलिबत्तिको समस्या नहुने र सुरक्षाका लागि पनि भारत सरकारको अस्पताल मापदण्ड भित्र रहेर निर्मित उक्त भवन बिरामी र स्वास्थयकर्मिहरुका लागि पनि अत्याधुनिक र सबै कुराका लागि सुविधा सम्पन्न भएकोले यस बाट सेवा प्रवाहमा थप सहजता आउने अपेक्षा अस्पताल व्यवस्थापन समितिले गरेको व्यवस्थापन समितिका उपाध्यक्ष रामबाबु घिमिरेले बताउनुभयाे  ।

   नगरपालिकामा भवन हस्तान्तरणले आम नगरवासीहरूमा खुसीयाली छाएको भन्दै यस अभियानमा सहयोग पुर्‍याउने सघन सहरी तथा भवन निर्माण आयोजना मन्थली र  निर्माण व्यवसायी सजन श्रेष्ठलाई धन्यवाद दिनुभयाे ।
उहाँले भवन हस्तान्तरण  सँगै नगरपालिकालेनै अस्पताल सञ्चालन र व्यवस्थापन गर्नु पर्ने हुँदा यसको दीर्घकालीन ब्यस्थापनमा भने चुनौती रहेको नगर प्रमुख लव श्रेष्ठले जानकारी गराउनुभयाे ।

प्रमुख श्रेष्ठले नयाँ भवन पछि  अस्पतालको सेवा विस्तार र सु व्यवस्थापनको काममा भने निकै सहयोग पुग्ने जानकारी पनि गराउनुभयाे ।

यसै बिच मन्थली नगरपालिकाले मन्थली अस्पतालको सेवालाई समेत आधुनिक र सुविधा सम्पन्न गराउने नगरको योजना मुताबिक मन्थली अस्पताललाई प्रदेश अस्पतालको रूपमा विस्तार र विकास गर्ने योजनालाई पनि तीव्र बनाएको छ ।

जस अनुसार प्रदेश स्वास्थ्य मन्त्रालयले समेत उक्त प्रस्ताव र अनुरोधलाई सकारात्मक रूपमा लिएर अस्पतालको अवस्थाका बारेमा अवलोकन गर्नका लागि बिहीबारै अनुगमन र निरीक्षणका लागि प्राविधिक टोली मन्थली अाउन लागेको जानकारी पनि अस्पताल प्रशासनले गराएको छ । 

Share91Tweet57Share16

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

९ माघ २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

९ माघ २०८१, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

९ माघ २०८१, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

९ माघ २०८१, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

९ माघ २०८१, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

९ माघ २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero