रामेछाप । आफना विविध जायज माग सहित आन्दोलनमा उत्रियका रामेछापका सुनचाँदी ब्यवसायीहरुले सोमबार मन्थली स्थित करदाताको कार्यालयमा धर्ना बसेका छन् । करीव १ बजेको समयमा सुनचाँदी ब्यवसायी सँघको ब्यानरमा जिल्लाका कार्य वाहाक अध्यक्ष तुल बहादुर विश्वकर्माको नेतृत्वमा करदाता सेवा कार्यालय मन्थलीमा पुगेका ब्यवसायीहरुले कार्यालय प्रमुख कृष्ण आचार्यलाई जानकारी गराएर कार्यालयको मुल ढोकमा धर्ना बसेका हुन् ।
ब्यानर सहित आफना आधा दर्जन जति माग पत्र लेखिएको प्लेकार्ड सहित कार्यालयमा पुगेका ब्यवसायीहरुको धर्नाका कारण कारिब ४५ मिनेट जति कामकाज ठप्प भएको नेपाल सुनचाँदी ब्यवसायी कालीगढ तथा सँघर्स समितिका सचिव सिताराम लोहारले जानकारी दिनुभयो ।
सरकारले आव ०८२÷०८३को बजेट बजेट मार्फत सुन तथा सुनका गहना विक्रिका वखत विलासिताका बस्तु अन्र्तगत लगाईएको कर र त्यसमा लाग्ने १३ प्रतिशत भ्याट र भन्सार सँगै त्यसमा लाग्ने अतिरिक्त कर समेत जोड्दा त्यसमा लाग्ने अतिरिक्त समेत पुन जोड्दा ७५ हजार सम्म तिर्नु पर्नै लगायतका नितिका कारण ब्यवसायीले आन्दोलनलाई निरन्तरता दिदै आएका हुन् । जस अन्र्तगत आफना सबै सटरमा अनिश्चित कालीन बन्दको कारण सहित आन्दोलनमा उत्रिएका ब्यवसायीहरुको आन्दोलनका कारण सेवाग्राही हरु पनि समस्यामा परेको नेपाल सुनचाँदी ब्यवसायी कालीगढ तथा सँघर्स समितिका सचिव सिताराम लोहारले बताउनु भयो ।
ब्यवसायीहरुको आन्दोलनका कारण सेवाग्राहि समेतलाई समस्या हुनुका साथै मन्थलीमा दैनिक रुपमा हुने लाखौको आर्थिक गतिविधि समेत ठप्प भएको मन्थली वडा नं १२ का सेवाग्राही सागर हरि अधिकारीले जानकारी दिनुभयो ।











यो बारेमा तपाईको प्रतिकृया