रामेछाप । गत वर्षहरुमा पनि मोडल अफ रामेछाप र लिटल मोडल अफ रामेछाप संचालन हुँदै आएको रामेछापमा यस बर्ष पनि ‘मोडल अफ रामेछाप’ सिजन–६ र ‘लिटल मोडल अफ रामेछाप’ सिजन–५ सञ्चालन हुने भएको छ । किङस्टार क्रिएशन प्रालि मन्थलीले सदरमुकाम मन्थलीमा उक्त कार्यक्रम गर्न लागेको हो । आयोजक किङस्टार क्रिएशन प्रालिले सदरमुकाम मन्थलीमा प्रत्रकार सम्मेलन कार्यक्रम गरि उक्त तयारीका बारेमा जानकारी गराएको हो ।
किङस्टार क्रिएशन प्रालिका व्यवस्थापक सुमन खड्काले पत्रकार सम्म्ोलनमा दिनु भएको जानकारी अनुसार कार्यक्रमका लागी सँस्थाले आवश्यक तयारी तिव्र रुपमा गरि रहेको छ । जस अनुसार उक्त प्रयोजनका लागि श्रावण १६ गतेदेखि सस्थाले ईच्छुक भाई बहिनीहरुका लागि आवेदन खुला गराइसकेको छ । सँस्थाले तय गरेको कार्य तालिका अनुसार अडिसन श्रावण २३ गते, प्रशिक्षण सत्र श्रावण २४ गतेदेखि भदौ २० गतेसम्म चल्नेछ भने फिनाले सो भने भदौ २५ गते गर्ने कार्यक्रम तय भएको छ ।
जस अनुसार कार्यक्रममा मोडल अफ रामेछाप र लिटल मोडल अफ रामेछापमा १४ देखि २४ वर्ष उमेर समूहका युवा सहभागी हुन सक्ने किङस्टार क्रिएशन प्रालिका व्यवस्थापक सुमन खड्काले जानकारी दिनुभयो । सँस्थाले तय गरेको कार्यक्रम सञ्चालनका लागि सरदर ३ लाख ७० हजार रुपैयाँ खर्च हुने आँकलन गरिएको छ भने उक्त कार्यक्रमका लागि ३ लाख ८० हजार रुपैयाँ आम्दानी हुने अनुमानका आधारमा आवश्यक तयारी भईरहेको पनि ब्यवस्थापक खड्काको भनाई रहेको छ ।
विगत वर्षहरुमा पनि मोडल अफ रामेछाप र लिटल मोडल अफ रामेछाप संचालन गरि १४ देखि २४ वर्ष उमेर समूहका युवा हरुको प्रतिभा बढोत्तरी मार्फत उनिहरुको मन जित्दै आएको उक्त सँस्थाले हरेक बर्ष कार्यक्रमलाई निरन्तरता दिने अभियान अर्न्तगत उक्त कार्यक्रम सँचालन गन हुँदै आएको छ ।
कार्यक्रम सँचालन भए सँगै यस प्रतियोगीताबाट प्रतिभा पहिचान, आत्मविश्वास, प्रस्तुति क्षमता र नेतृत्व विकासका साथै बालबालिका र किशोर किशोरीमा व्यक्तित्व विकासको वातावरण सिर्जना गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको अनुभब आफुहरुले गरेको सहभागि प्रतियोगिहरुको भनाई रहेको छ । यसका लागि सँस्थाले युवा र वाल वालिकाको अलावा अविभावकहरुको समेत मन जित्न सफल हुँदै आएको पनि सँस्थाका मुख्य व्यवस्थापक सुमन खड्काले सँचारकर्मिहरु समक्ष जानकारी दिनु भयो ।
यो बारेमा तपाईको प्रतिकृया