Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रशासनद्धारा गाउँ गाउँमा राष्ट्रिय परिचयपत्र वितरणको काम तिब्र

नेपाल अभियान नेपाल अभियान
४ भाद्र २०८२, बुधबार
in देश, समाचार, समाज
0
20
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ३ भदौ । सरकारले चालु आव देखि सवै खाले कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि विशेष गरि असक्त र जेष्ठ नागरिकलाई परिचय पत्र वनाउने प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालय सम्म आईपुग्दा कठिनाई हुने गरेको भनि आरोप लागि रहेको बेला जिल्ला प्रशासन कार्यालय रामेछापले भने जिल्लाका सवै वडा कार्यालयहरुमा पुगेर राष्ट्रिय परिचयपत्र निर्माणका लागि अभियानै चलाएको छ ।
सर्वसाधारणले परिचय पत्र बनाउन आउँदा परेको समस्याका वारेमा राम्ररी मनन गरेका रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले विशेष गरि असक्त र जेष्ठ नागरिकलाई परिचय पत्र वनाउने प्रयोजनका लागि सदरमुकाम सम्म आउनुपर्दा निकै समस्या परेको भन्दै परिचय पत्र बनाउँनका लागि अभियाननै चलाएको हो ।
सरकारले सामाजिक सुरक्षा भत्ता लिन र बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि ज्येष्ठ नागरिक र असक्त व्यक्तिहरू समेत जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्था आएको र त्यस कार्यको बारेमा सामाजिक सँजार र सँचार माध्यमहरुमा निकै आलोचना भएपछि जिल्ला प्रशासन कार्यालयले आफनो सेवालाई गाउँमै पु¥याउने नीति लिए अनुसारको काम भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता लिन र बैङ्क खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि ज्येष्ठ नागरिक र असक्त व्यक्तिहरू समेत जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्था आएको थियो । त्यस्तो कठिनाइलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सेवा गाउँमै पु¥याउने नीति लिएको हो । प्रशासन कार्यालयले रामेछाप नगरपालिका ७ को शुकाजोर बाट शुरु गरेको यात्रा नगरपालिकाको वडा नं. १, ३, ४, ५, ६ र ७,८ र ९ मा कार्यक्रम सम्पन्न गरि अभियानबाट ६ सय ४६ जनाको विवरण सङ्कलन गरिसकिएकोएको छ भने १ सय ४१ वटा परिचय पत्र भने बनेर आएको छ ।
त्यसको सहजिकरणका लागि प्रशासनले जिल्लामा छुट्छुट्टै दुईटोली खटाएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । टोलीले स्थानिय निकायहरु सँग समन्वय गरि नागरिकलाई सहज रूपमा राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन गाउँ–गाउँमै पुगेर परिचयपत्र वितरण तथा नयाँ विवरण सङ्कलन कार्यलाई निरन्तरता दिई रहेको पनि पनि प्रजिअ थापाले बताए ।
सोही अभियान अन्तर्गत सोमबारबाट गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा बनेका परिचयपत्र वितरण र नयाँ परिचयपत्रका लागि विवरण सङ्कलन सुरु गरिएको हो । यसअघि सुनापति गाउँपालिकामा पनि बनेर आएका परिचयपत्र वितरण र नयाँ विवरण संकलनको काम सम्पन्न भइसकेको पनि प्रशासनले जनाएको छ ।
जेष्ठ नागरीक तथा अन्य सर्वसाधारण नागरिकहरुलाई पनि सदरमुकाम सम्म आएर दुख पाउनु नपरोस भनेर स्थानीय तह सँगको समन्वयमा वडा वडामानै पुगेर परिचयपत्र वितरण र तथ्याङ्क सङ्कलनको काम भईरहेको र यसलाई कार्यालयले अभियानकै रुपमा जिल्लाका सवै वडाहरु सम्म संचालन गर्ने पनि रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।
जस अन्र्तगत टोलीले यसैगरी सुनापति गाउँपालिकामा ५ सय ६७ जनाको विवरण सङ्कलन गरिएको छ । राष्टीय परिचयपत्र वितरणसँगै स्थानीय प्रहरीले वडा तह सम्म सचेतनामूलक कार्यक्रम पनि एकैसाथ सञ्चालन गरेको र यसबाट सर्व साधारणलाई निकै सजिलो भएको छ ।

Share8Tweet5Share1

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

४ भाद्र २०८२, बुधबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

४ भाद्र २०८२, बुधबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

४ भाद्र २०८२, बुधबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

४ भाद्र २०८२, बुधबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

४ भाद्र २०८२, बुधबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

४ भाद्र २०८२, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.