रामेछाप १५ कार्तिक । जिल्लाको पुरानो सहकारी सँस्थाले आफनो २८ औ बार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थीत तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्धारा प्रस्तुत सँस्थागत प्रतिवेदन,सचिव हिमाल ढुँगेलद्धारा प्रस्तुत साँगठनिक प्रतिवेदन र कोषाध्यक्षको प्रतिबेदन सर्ब सम्मत रुपमा पारीत गरेको छ । समाजसेवी स्वर्गिय जगदीश घिमिरेको अगुवाईमा ११ जना सँस्थापकहरुबाट आरम्भ भएको उक्त सहकारीले २८ बर्षमा आईपुग्दा १ अर्व ३२ करोड ४२ लाख,४५ हजार ९ सय रुपैयाँ बरावरको सम्पति आर्जन गर्न सफल भएको अध्यक्षको प्रतिवेनमा उल्लेख गरिएको छ । सँस्थाले गत एक बर्षको अवधिमा कुल १ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।
जिल्ला सहकारी सँघका उपाध्यक्ष श्याम थापाको प्रमुख अातित्थ्यतामा भएको साधारण सभामा बोल्ने सबै जसो बक्ताहरुले आम शेयर सदस्यहरुले सँस्था र त्यसका सँचालकहरुको ब्यवहारमा निग्रानी गर्न सुझाएका थिए । सो अवसरमा उनिहरुले पछिल्लो समयमा कतिपय सहकारी सँस्थाहरु सँचालकहरुको गतिविधिका कारण बद्नाम भएका र उनिहरुका कारण अन्य सँस्थाहरु प्रति पनि सर्व साधारणले हेर्ने दृष्टिीकोण खराब बन्दै गएकोले यसका सँचालक हरुलाई पनि गम्भिर भएर का मगर्नका लागि आग्रह गरेका थिए । सो क्रममा अतिथि बक्ताहरुले सहकारीले निति र विधिका आधारमा लगानीका आधारमा आफना खारव क्रणीको सूचिमा परेका हरु बाट सँस्थालाई जोगाएर अघि बढ्नु सँस्थाका लागि चुनौति रहेको भन्दै त्यसका लागि नयाँ सँचालक समितिले आत्मा विश्वासका साथ काम गर्नु पनि धारणा राखेका थिए ।
साधारण सभाले निवर्तमान अध्यक्ष गाविन्द घिमिरेको अध्यक्षमा आगामी ४ बर्षका लागिनयाँ सँचालक समितिको समेत गठन गरेको छ । नव निर्वाचित हुनेहरुमा क्रमशः उपाध्यक्ष चन्दा खड्का,सचिवमा हिमाल ढुँगेल,कोषाध्यक्षमा महेश घिमिरे लगायत र लेखा तथा सुपरिवेक्षण समितिको सँयोजकमा नविन घिमिरेलाई सर्ब सम्मत रुपमा पारित गरेको छ । सँस्थाले आफनो साधारण सभा सहकारी मन्त्रालयबाट प्राप्त मापदण्ड भित्र रहेर साधारण तरिकाले सम्पन गरेको नव निर्वाचित सचिव हिमाल ढुँगेलले जानकारी गराए ।











यो बारेमा तपाईको प्रतिकृया