Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

नेपाल अभियान नेपाल अभियान
१६ मंसिर २०८२, सोमबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
100
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १५ मंसीर । सोमबार वेलुकी कक्षाको अन्त्य सँगै मन्थली माविको प्राङ्ण पँचेवाजाको कर्कल ध्वनिले गुन्जि सकेको थियो । साथमा ड्रोन क्यामरा सहित अन्य क्यामरा हरु पनि उक्त दृश्यको तस्विर कैद गर्नमानै ब्यस्त थिए । उक्त ब्यस्तताका माझ दुईवटा कुर्सिमा थिए ,शिक्षक द्धय चन्द्रसिँ धामी र शिव प्रसाद सुवेदी । सोहि विचमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठ र प्रअ र डा टंक दाहालले उनिहरुलाई विद्यार्थिको सम्मानीत हुटिङ्गका विच विदाई सहितको सम्मान पत्र सँगै यो विचमा सहभागि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठ सँगै कतिपय विद्यार्थि र शिक्षकहरु पनि भावुक भई सकेका थिए ।
उनिहरुलाई विद्यालयले दोसल्ला ओडाएर माला र ढाका टोपी लगाईदिए सँगै लाईनमा रहेका विद्यार्थि र शिक्षक हरु पनि धमाधम शिक्षक द्धयलाई विदाईको माला लगाउँदै थिए भने कतिपय आफना पृय शिक्षक द्धय चन्द्रसिँ धामी र शिव प्रसाद सुवेदीको विदाईमा भक्कानी रहेका थिए । औपचारीक विदाईका क्रममा शिक्षक द्धयको गला विद्यार्थि र सहकर्मिहरुले लगाई दिएको मालाले थेगिन नसक्ने अवस्थामा पुगेको थियो । त्यतिवेला सम्म दुवै शिक्षकको पनि गला अवरुद्ध भई सकेको थियो । सो क्रममा उनिहरु धेरै बोल्न सक्ने अवस्थामा थिएनन् । उनिहरुले भने – विद्यार्थि, अविभावक र विद्यालय परिवार प्रति हामी कृतार्थ छौ र कति जान अन्जानमा गल्ती भएको भए क्षमा चाहन्छौ्र । सो क्रममा उनिहरुले विद्यालयको शैक्षिक विकासमा आफुहरुको यात्रा निरन्तर रहने पनि बताए ।
विदाई भएका चन्द्रसिँ धामी मावि शिक्षक हुन भने शिव सुवेदी प्रावि शिक्षक हुन् । दुई मध्य सुवेदीले २०५३ साल बाट र धामी २०५८ सालबाट मन्थली माविमा प्रवेश गरेका थिए । लामो समय देखि विद्यालयको शैक्षिक यात्रामा समाहित भएका दुवै शिक्षकको ब्यवहार र स्वभावका कारण उनिहरु कोशेलीका रुपमा सबैबाट प्राप्त प्रशँसाको पोको लिएर विद्यालय बाट वाहिरीए । भिन्ना भिन्ने स्वभावका उनिहरु मध्य धामी परिवर्तनमुखि र सकरात्मक, प्रशासनिक स्वभाव र स्पष्ट विचारका थिए भने सुवेदी भने समन्वयी,नरम र सहयोगी स्वभावका थिए । दुवैको ब्यवहारले आजको मन्थली माविलाई यहाँ सम्म आईपुग्नका लागि निकै ठुलो टेवा पुगेको धारणा विद्यालयका पुर्व प्रअ गुन्ज बहादुर श्रेष्ठको रहेको छ । उहाँ भन्नु हुन्छ –दुवैको स्वभाव भिन्ना भिन्नै भएपनि विद्यालय परिवर्तनका लागि दुवै स्मरणिय पात्र हुन् ।
विदाईका क्रममा विद्यालय सुधारमा दुवैको भुमिका महत्वपुर्ण रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठले बताए । लामो समय देखि विद्यालयमा रहेर काम गर्दे आउनु भएका दुवै शिक्षकको योगदान विद्यालयका लागि अविस्मरणीय रहेको पनि उनले वताए ।
दुई शिक्षक मध्य धामी मावि शिक्षक भएकाले उनि विद्यालयको थप जिम्मेवारीमा पनि थिए । साहायक प्रअको जिम्मेवारी सहित कक्षाको पठन पाठन सँगै उजाड रहेको विद्यालयको हातालाई हरियाली र सुन्दर बनाउने जिम्मेवारी पनि उनको काँधमा थियो । उनको निरन्तरको प्रयास र सहजीकरणका कारण मन्थली मावि हरियाली र सुन्दरताका लागि जिल्ला भरिमानै अब्वल विद्यालयका रुपमा दर्ज भयो । जसको आधिकारिक प्रमाण विद्यालयमानै सुम्पीएर विद्यालयको अक्षय कोषमा १ लाख सहयोग र वर्षमा ३ जना जेहन्दार छात्र छात्रालाई आफनो पेन्सन बाट छात्रवृति दिने घोषणा पनि शिक्षक धामीले आफनो विदाई कार्यक्रमका अवसरमा गरे । विद्यालय परिवारले दुवै शिक्षकलाई पँचेवाजाका साथमा अविर र माला सहित गाडिमा राखेर निजी निवास सम्म पुर्याएर सम्मान दिएको थियो ।

Share40Tweet25Share7

Related Posts

राप्रपामा पुनः वाइवा निर्वाचित
समाचार

राप्रपामा पुनः वाइवा निर्वाचित

१६ मंसिर २०८२, सोमबार
आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

१६ मंसिर २०८२, सोमबार
जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्
देश

जिल्ला सहकारी संघ रामेछापमा पुनः ढुंगेलको आगमन्

१६ मंसिर २०८२, सोमबार
राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना
राजनीति

राप्रपा रामेछापद्वारा पृथ्वीनारायण शाहको संझना

१६ मंसिर २०८२, सोमबार
मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु
कृषि

मन्थलीमा नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला सुरु

१६ मंसिर २०८२, सोमबार
मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने
कृषि

मन्थली नगरले कृषि तथा लघु उद्यम प्रदर्शनी मेला गर्ने

१६ मंसिर २०८२, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.