रामेछाप , ७ मङ्सिर । साहित्य एबं गीतकार बद्री दाहाल अनन्तको एक हातले ताली बज्दैन बोलको गीति रचना सार्वजनिक भएको छ ।
नेपालीहरुको दोस्रो महान चार्ड शुभ दीपावलीको अबसर पारेर उहाँको रचना एक समारोहका वीच विमोचन गरिएको हो । उक्त रचनामा ग्रामिण परिबेसको चित्रण सहित माया प्रेमका गीत देख्न र सुन्न पाइन्छ ।
दाहालले गर्नु भएको शब्द रचनाको गायन रामचन्द्र काफ्ले र जुनु रीजाल काफ्लेको रहेको छ । लय/ सङ्गीत केवल लामा थिङको रहेको यस गीतमा सङ्गीत संयोजन बरिष्ठ सङ्गीतकार सचिन सिंहले गर्नुभएको हो । ।
समाज सेवा र साहित्यमा निक्कै रुचि राख्ने गीतकार दाहालको यस गीति रचनाको भिडियोमा सरोज प्रजा र बिना राउतको नृत्य रहेको छ । उक्त नृत्यको निर्देशन प्रमोद भण्डारीले गर्नु भएको हो ।
बिदेश बाट गाँउ फर्कदा परिवार र समाजमा छाउने गरेकोे खुशीयालीको सिमै नहुने सन्देश सहितको सुरुवातीको ग्रामिण परिबेशको प्रसङ्गलेले गीति रचनालाई निक्कै कौतुहलता बनाएको पाइन्छ ।
दोहोरो प्रेम भाव सहितको श्रृङ्गारिक रसयुक्त यस गीति रचनाको निर्माण दाहालकी धर्म पत्नी उषा दाहाल, सम्पादन विकास दाहाल र निर्देशन युवराज वाइबाले गर्नु भएको हो ।
दाहालकै अफिसिय युटुव च्यानलमा पाइने यो रचनाको मिक्सीङ चन्द्र चौधरी र छायाङ्कन रामकुमार केशीले गनुुभएको थियो ।
गीतकार दाहालको यो दोस्रो कृति हो । यस अघि उहाँको पानी खोलाको गीति रचना सार्वजनिक भैसकेको छ ।












यो बारेमा तपाईको प्रतिकृया