Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एकसठ्ठी प्रतिशत जनशक्तिका भरमा सफल बन्दै रामेछाप प्रहरी

नेपाल अभियान नेपाल अभियान
३२ असार २०७९, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
86
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । जनशक्ति कमि भएका कारण रामेछाप प्रहरिले ६१ प्रतिशत जनशक्तिका भरमा मात्र काम चलाउँदै आएको छ । तालुकदार कार्यालयले जिल्लबाट पटक पटकको गुनासो सम्बोधन नभएपछि जिल्लाले कुल संख्याको ६१ प्रतिशत जनशक्तिका भरमा आफनो काममा सफलता हासिल गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
कार्यालयले शनिबार सदरमुकाम मन्थलीमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरि एक बर्षको विचमा भए गरेका प्रगति तथा विभिन्न आपराधिक घटना विवरण र तिनका न्युनिकरणका लागि प्रहरिले गरेको प्रयासका बारेमा जिल्ला प्रहरि प्रमुख डिएसपी राजकुमार थिङले आफनो प्रस्तुति मार्फत जानकारी गराएका थिए ।
सो अबसरमा प्रमुख थिङले सबै बस्तुगत तथ्याँक प्रस्तुत गर्दे आफु संग थोरै जनशक्ति भएको भएपनि भरसक उक्त जनशक्तिलाई नागरीक — प्रहरी मैत्री बनाउने प्रयास गरिएको जानकारी पनि गराए । सिमित जनशक्ति र स्रोत सधनको बाबजुद पनि आफुले प्रहरि शक्तिलाई शान्ति सुरक्षा र अमन चयनका लागि अहोरात्र परिचालन गरिएको जानकारी पनि गराए ।
सो क्रममा उनले जिल्ला भरका विभिन्न ३४ वटा ईकाई मार्फत प्रहरिले सेवा प्रबाह गरि रहेको जानकारी पनि गराए । जिल्ला प्रहरि कार्यालयमा हाल ४ सय ५६ वटा दरबन्दि रहेको र दरबन्दि अनुसार पदपुर्ति नहुँदा काम तामेलिमा भने निकै कठिन भएको जानकारी पनि प्रहरी प्रमुखले गराए ।
यसरी ६१ प्रतशत मात्र जनशक्तिका भरमा काम गर्नु पर्दा प्रहरीका सामु चुनौतिका चाङ्ग रहेको भएपनि नागरिक समाज संगको सहकार्यमा प्रहरिले कष्टका साथ काम गर्दे आएको जानकारी पनि उनले कार्यक्रमका अबसरमा गराए ।
आफनो बार्षिक कार्य विवरणमा उनले आर्थिक वर्ष २०७७÷०७८ मा भएका विभिन्न गतिबिधिको विवरण पनि प्रस्तुत गरेका थिए । जसमा सवारी दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएको जानकारी पनि गराए । उनले एक वर्षेको अवधिमा जिल्लाभर ३३ दुर्घटना र दुर्घटनाबाट २२ जनाको ज्यान गएको जानकारीपनि गराए । प्रहरी नायव उपरिक्षक थिङले एक वर्षको अवधिमा जिल्लाभरमा भएको दुर्घटनामा ९८ जना घाइते भएको र असारमा मात्र एकै सवारी दुर्घटना १३ जनाले ज्यान गुमाएको जानकारी पनि गराए ।
त्यसैगरि उनले चालु आबमा ४५ जनाले आत्मा हत्या गरेका र आत्मा हत्या गर्नेमा ४० वर्ष मुनिका मात्र २८ जना रहेको तथ्याँक पनि पेश गरे । आत्महत्या गर्ने हरुमा १८ वर्ष मुनिका ७ जना, १९–२५ उमेर समुहका १२ जना, २६–४० का ९ जना, ४१ – ६५ उमेर समुहका १२ जना र ६६ भन्दा माथि उमेर समहका ५ जनाले आत्महत्या गरेका छन् । आत्माहत्या गर्नेहरुमा बालिका १, बालक ३, महिला २१ र २० पुरुष रहेका छन् ।

४५ आत्माहत्या मध्ये ३८ वटा आत्महत्याको कारण खुल्न सकेको छैन । कारण खुलेका ७ वटा मध्ये घरझगडाका कारण ३ ,प्रेममा असफलता १, घरायसी समस्या १,मादक पदार्थ सेवन १ र १ जना अन्धविश्वासका कारणबाट आत्महत्या गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक थिङ्ले जानकारी दिए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी को अध्यक्षतामा भएकोे उक्त कार्यक्रमका सहभागिहरुले प्रहरी नागरिकको संबन्ध नङ र मासुको जस्तै हुनु पर्नै भन्दै प्रहरिले सिमित जनशक्तिका बावजुद पनि जिल्लाको शान्ति सुरक्षा र अमन चैनमा पुर्याएको योगदानको प्रशंसा पनि गरे ।
सहभागि नागरिक अगुुवा हरुले प्रहरि गस्ति लाई अरु प्रभाबकारी बनाउनु पर्ने र यस खालको अन्र्तक्रियालाई पालिका संगको सहकार्यमा गाउँ गाउँ सम्म पुर्याउनु पर्ने,यौन हिंसा र बालवालीकाको बट्दो दुब्र्यसन न्युनिकरणका लागि प्रहरी ,स्थानिय सरकार र विद्यालय लाई अरु सक्रिय बनाउनु पर्ने लगायतका दर्जन जति सुझाब दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले अध्यक्षताको आसन बाट बोल्दै सिमित जन शक्ति र साधनका विच पनि प्रहरीले शान्ति सुरक्षाको क्षेत्रमा थुप्रै काम गरेको भन्दै उसको कामको सह्ना गरे । उनले प्रहरी र नागरिक मैत्री सम्बन्धले मात्र शुसासनमा टेवा पुग्ने भन्दै यसका लागि सहयोग गर्न पनि सबै पक्ष संग आग्रह गरे ।
उक्त कार्यक्रममा प्रमुख अतिकिो रुपमा बोल्दै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले नागरिकको सुरक्षाको लागि खटिएको प्रहरिको मनोवल उचो बनाउन सबै पक्षको सहयोग आबश्यक पर्नै भन्दै यसका लागि नगरपालिका पनि सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

Share34Tweet22Share6

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

३२ असार २०७९, शनिबार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

३२ असार २०७९, शनिबार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

३२ असार २०७९, शनिबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

३२ असार २०७९, शनिबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

३२ असार २०७९, शनिबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

३२ असार २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.