Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप रेडक्रसको अधिबेशन शुरु कस्ले मार्ला बाजी……….?

नेपाल अभियान नेपाल अभियान
२८ श्रावण २०७९, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
464
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २८ साउन । शनिबार बाट शुरु भएको नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा रामेछापको भावि नेतृत्वका लागि बर्तमान अध्यक्ष शिव कुमार कार्की र मन्त्री जय प्रकाश श्रेष्ठ प्रतिस्पर्धामा उत्रने भएका छन् । ११ औ अधिबेसनबाट निर्वाचित हुने विश्वासका साथ दुवै पदाधिकारी अध्यक्ष पदको प्रतिस्पर्धामा जान लागेका हुन् । कार्कि र श्रेष्ठ दुवै जना एकै टीममा रहेर लामो समय देखि अध्यक्ष र मन्त्री पद सम्हाली सकेका ब्यक्तीहरु हुन् ।


दुवै जना एमाओवादी समर्थक भएका र अधिबेशन एनेकपा माओवादी निकट प्रतिनिधिहरुकै बाहुल्यता रहेका कारण दुवै जना अध्यक्ष पद जित्ने विश्वासका साथ आवश्यक रणनितिमा लागेका छन् । १ सय ७ जना मतदाता रहेको रेडक्रसमा ए माओवादी निकट प्रतिनिधिहरुको संख्या मात्र ६१ रहेको छ । त्यसैगरी एमाले निकट २५,नेपाली काँग्रेस निकट १६ र नेकपा एस निकट ५ जना प्रतिनिधि चुनिएर आएका छन् । १०७ जना मतदाता रहेपनि १०५ मत खस्ने अनुमान गरिएको छ ,चुनाव जित्नका लागि ५३ मत आबश्यक पर्दछ ।
अधिबेशन प्रतिनिधिको संख्या न्युन भएका कारण अध्यक्ष पदमा नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट कसैले पनि उमेद्वारी नदिने उनिहरुले बताई सकेका छन् । नयाँ नेतृत्व चयनका लागि एकिकृत माओवादीले जय प्रकाश श्रेष्ठलाई आफनो आधिकारिक उमेद्धावार तोकेपछि नेकपा एमाले र नेकाका प्रतिनिधिहरुले माओवादी निकट अर्का उमेद्वार शिब कार्किलाई सघाउने आन्तरिक सहमति गरेको श्रोतको दावि छ ।

अधिबेशन नेपाली काँग्रेसले उपसभापति मन्त्री सह कोषाध्यक्ष गरी ३ वटा पदाधिकारी र ३ सदस्य सहित ६ जना लिएर माओवादी केन्द्रका आधिकारीक उमेद्वार जयप्रकाश श्रेष्ठ लाई सघाउने गरी नेपाली काँग्रेसका सभापति पुर्ण बहादुर र ए नेकपा माओवादीका जिल्ला नेत तारानारयण श्रेष्ठ ले हस्ताक्षर गरी सहमति भएको भएपनि काँग्रेस निकट मतदाताहरु उक्त निर्णय मान्न तयार नभएको बरु उपसभापति कोषाध्यक्ष र २ सदस्य आफु लिने मन्त्री सहित चार सदस्य सदस्यहरु नेकमा एमाले निकट लाई दिने र केहि सदस्यहरु नेकपा समाजबादि निकटलाई दिने भन्ने सहमति भइ सो अनुसार आबश्यक तयारी भैरहेको पनि स्रोतको दावी छ ।
उता ए माओवादीमा पनि बिद्रोह भैरहेको छ, पार्टिका केहि ब्यक्तिहले हरेक ठाउमा पार्टिको हित बिपरित ब्यक्तीगत तथा जातिगत स्वार्थमा लागि जातिय नारालाइ अगाडि सार्ने गरेको भन्दै रुष्ट बनेका छन, भने काँग्रेस भित्र पनि बिद्रोह स्वरुप पार्टिले आधिकारीक बनाएको उमेद्वारका बिरुद्धमा मतदान गर्ने तयारी भैरहेको पनि स्रोतले बतायो ।

एमाले पार्टिले भने स्पष्ट रुपमा माओवादीका आधिकारीक उमेद्वार श्रेष्ठको विरुद्ध अर्का उमेद्वार बर्तमान अध्यक्ष कार्कीको पक्षमा सहयोग गर्न आफु निकट प्रतिनिधिहरुलाई निर्देशन दिई सकेको श्रोतको दावी छ । जस अन्र्तगत दुवै पक्षका प्रतिनिधिहरुको बैठकले गोप्य सहमति गरेर आफनो पक्षमा भाग बण्डा पनि गरि सकेको छन् । जस अनुसार नेकाका पक्षले उपाध्यक्ष र कोषाध्यक्ष सहित ४ जना र नेकपा एमाले पक्षले भने मन्त्री सहित ४ जना सदस्य लिने सहमति गरेको श्रोतको दावि छ । त्यसमा नेकप एसलाई पनि सामेल गराउने तयारी उनिहरुले गरेका छन् । तर कुल ५ जना मात्र प्रतिनिधि रहेको नेकपा समाजबादी निकट प्रतिनिधिहरुले भने आफुहरु अहिले सम्म पर्ख र हेरको रणनिति अबलम्बन गरि रहेकोले फाईदाको आधारमा आईतबार विहान मात्र आफनो धारणा सार्वजनिक गर्नै रणनिति अबलम्बन गरेको बुझिएको छ ।
एमाले र नेकाको तर्फबाट उमेद्वारी दावि नरहेकाकारण उनिहरु निकट मतदाता हरु समेतको सहयोगमा आफुहरुले निर्वाचन जित्ने रणनितिमा दुवै जना लागेका छन् । एमाले बाहेक अन्य पार्टिमा संस्थागत सहमतिको उलंघन हुने संभाबनालाई आँकलन गरेका दुवैले आ आफुनो जित निश्चित रहेको बताएका छन् । सहमति जुट्न नसकेपछि निर्वाचन समितिले विहान ७ बजेबाटका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । जस अनुसार आईतबार दिउँसो मतदान भएर दिउँसो सम्म परिणाम आउने अाँकलन गरिएको छ । निर्वाचन प्रयोजनका लागि केन्द्रले दोलखा रेडक्रसका अध्यक्ष गोकर्ण पोखरेललाई जिल्लाको आधिकारीक प्रतिनिधि बनाएर पठाएको छ ।
अधिवेसनको उद्घाट्न् शनिबार एक समारोहका विच गरिएको थियो । उद्घाटन सत्रमा बोल्ने सबै बक्ताहरुले रेडक्रसलाई रेडक्रस जस्तै बनाएर अघि बढ्न पनि सुझाएका थिए । शिव कुमार कार्कीको अध्यक्षतामा भएको अधिबेशनले कोषाध्यक्ष दिनेश कार्कीको आर्थिक प्रतिबेदन र मन्त्री जय प्रकाश श्रेष्ठको साँगठनिक प्रतिबेदनलाई पनि अनुमोदन गरेको छ ।

Share186Tweet116Share32

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२८ श्रावण २०७९, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२८ श्रावण २०७९, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२८ श्रावण २०७९, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२८ श्रावण २०७९, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२८ श्रावण २०७९, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२८ श्रावण २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.