रामेछाप , २ भदौ । जिल्ला प्रशासन कार्यालय रामेछापले ८ वटै स्थानीय तहलाई आधिकारीक रुपमा पत्राचार गरी सबै स्थानीय तहको ध्यानाकर्षण गराएको छ । उसले आज स्थानीय निकायहरुका नाममा पत्राचार गरी कतिपय नागरिकता बनाउने क्रममा गम्भिर खालको गल्ती र त्रुटि भेटिने गरेको भन्दै संकास्पद सिफारीसका बारेमा गम्भिर हुन पनि आफनो पत्र मार्फत प्रशासनले आग्रह गरेको हो । पछिल्लो पटक दोहोरो नागरिकताका सिफारीसको विषयमा वडा अध्यक्ष र सचिब पुलिसको हिरासतमा परेका सबाल र कतिपय स्थानियय तहले नागरिकता सच्याएर वृद्धभत्ता खुवाउन थालेको गुनासो मौखिक रुपमा आएको लगाएतका विषयका आधारमा जिल्ला प्रशासन कार्यालयले रामेछापले सबै स्थानीय निकायको ध्यानाकर्षण गर्नु भएको हो ।
प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले नागरिकता फेरेर भत्ताका लागि कोही कसैबाट प्रयास भएमा नागरिकताका बारेमा जिल्ला प्रशासन कार्यालयमा बुझेर मात्र सिफारीस प्रकृया अघि बढाउन पनि अनुरोध गर्नु भएको छ । पत्रमा भत्ता वा अन्य प्रयोजनका लागि नाम र जन्ममिति समेत फेरेर दोहोरो नागरिकता बनाउने कार्यसमेत हुने गरेको पाइएकोले उक्त कार्यका लागि सिफारिस गर्दा पनि बुझेर मात्र गर्न सुझाईएको छ । कार्यालयको ध्यानाकर्षण पछि पनि कानुनविपरीतका कामहरु भएको पाइएमा भोग्नु पर्ने कार्वाहिलाई ख्याल गरेर अघि बढ्न पनि प्रजिअले सबै स्थानीय निकायहरु लाई आग्रह गर्नु भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया