Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

देशकै अब्बल बन्ने प्रयासमा रामेछाप बहु प्राविधिक शिक्षालय

नेपाल अभियान नेपाल अभियान
६ भाद्र २०७९, सोमबार
in देश, प्रदेश नं ३, विविध, शिक्षा, समाचार, समाज, स्थानीय सरकार
0
216
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ६ भदौ । मन्थलीमा रहेको रामेछाप बहु प्राविधिक शिक्षालयले आफनो कर्मका आधारमा सरकारी मुल्याँकनमा देशमै उत्कृष्ठता हासिल गर्न सफल भएको छ । यस अघिनै देशभरका सिटिइभिटि कलेज मध्य बाट उत्कृष्ठ शिक्षालयको रुपमा पुरस्कृत भईसकेको उक्त शिक्षालयले पठन पाठन लगायत सबै खालका कर्महरुले उसलाई अब्बल स्थानमा राख्दै आएको छ ।

२०७४ सालमा स्थापना भएको रामेछाप बहुप्राविधिक शिक्षालयको शैक्षिक शैक्षिक सँगै भौतिक अबस्था पनि निकै अनुकरणिय रहेको छ । करिब १ सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त शिक्षालय भित्र छात्राहरुका लागि छुट्टै छात्राबासको ब्यवस्था छ । छात्रहरुका लागि पनि शिक्षालयको बाताबरण निकै राम्रो रहेको स्वयं विद्यार्थिहरुलेनै बताउने गरेका छन् ।
शिक्षालय भित्र कृषि विषयमा अध्ययन गर्नेहरुका लागि उन्नत जातका वाख्रा,कुखुरा, पशुपालन सँगै मौसमी तथा बेमौसमी तरकारी खेतिका लागि आवश्यक वाताबरण निर्माण गरिएको छ । जसका कारण विद्यार्थीहरु सीप विकास संगै उत्पादनमा पनि जोडिने गरेका छन् । अधिकाँश बिद्यार्थीहरु उत्पादनमा जोडिएका कारण उनीहरु ब्यवहारीक पनि बन्दै गएका छन् । प्रयोगात्मक कृषिमा लागेकाहरुका लागि शिक्षालयले कमाई गर्ने ब्यवस्था पनि मिलाउँदै आएको छ । जसका कारण उत्पादित मौसमी तथा बेमौसमी तरकारी,अचार ,जाम विक्रि गरि उनिहरुका लागि कुन आम्दानीको ५० प्रतिशत उपलब्ध गराउँदै आएको छ । जुन उनीहरुका लागि राम्रो आम्दानीको माध्यम पनि बनेको छ । जस अन्तर्गत शिक्षालयले गत बर्ष तरकारी विक्रिबाट मात्र ३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको थियो ।
शिक्षालयले आफ्ना सबै गतिबिधिका बारेमा जानकारी गराउँदै प्राविधिक शिक्षाको महत्व बुझाउने उदेश्यले नगरका सरोकारवालाहरु सहितलाई राखेर अन्तकृयात्मक कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा शिक्षालय परिवारको अलाबा सिटिइभिटि केन्द्र र प्रदेशका जिम्मेवार ब्यक्तिहरुको रोहबरमा अन्तरकृया मार्फत प्राविधिक शिक्षा र त्यसको महत्वका बारेमा आइतवार प्रकाश पारिएको थियो ।


कक्षा संचालन भएको ५ बर्षमा पनि शिक्षालयले सरोकारवाला निकायसँग प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका बारेमा पुर्ण र खुल्ला रुपमा जानकारी नगराएका कारण प्राविधिक शिक्षा प्रतिको आर्कषणमा सोचेजति बढ्न नसकेको शिक्षालय प्रमुख हरि पौडेलले बताउनुभयो । उहाले शिक्षालयले गरेको प्रयास छात्र छात्राहरुले पाउने सेवा सुविधा तथा महत्वका बारेमा अविभावकहरु वेखबर रहेको अनुभबका आधारमा शिक्षालयले नगर प्रमुख र उप प्रमुख मन्थली नगरपालिका भित्र रहेका वडाध्यक्षहरु सबै विद्यालयका प्रअ र शिक्षाविद र संचारकर्मि लगाएत सबैखाले अगुवाहरुको रोहबरमा आफनो प्रस्तुति सहितको अन्तक्रिया गरेको पनि बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रमका अबसरमा शिक्षालयमा पढाई हुने विषयले सजिलै र समयमानै रोजगारिको अबसर जुटाउने हुँदा सोहि विषयमा भविष्य खोज्न विज्ञहरुले सरोकारवाला हरुलाई अनुरोध गरेका छन् । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बागमती प्रदेशका निर्देशक टोलेन्द्र आचार्यले प्राविधिक शिक्षा भनेको बुझनेलाई श्रीखण्ड र नबुझनेहरुका लागि खुर्पाको विड जस्तै भएको भन्दै यसबाट विद्यार्थिहरुले राम्रो लाभ लिन सक्ने पनि बताउनुभयो ।
उनले हाल सिटिइभिटि अन्तर्गत देश भरिबाट बर्षमा २ हजार ९ सय १३ जनाविद्यार्थीलाई सिटिईभिटिले निशुल्क छात्रबृति कोटामा पढाउँदै आएको जानकारी पनि पनि गराउनुभयो । उहाले शिक्षालयहरुले
सरकारी मापदण्ड पालना गर्न नसकेका कारण गत बर्ष अनुदानका लागि छुट्याएको ९ करोड मध्य आधा रकम पनि खर्च नभएको पनि बताउनुभयो ।
सरोकारवाला र अविभाबकहरुलाई प्राविधिक शिक्षाको महत्वका बारेमा बुझाउन नसकिएकै कारण प्राविधिक शिक्षाका कतिपय कोटा बर्षेनी खाली बस्ने गरेको पनि पौडेलको अनुभब रहेको छ । हाल मन्थली बहु प्राविधिक शिक्षालयमा ३ बर्षे कृषि डिप्लोमा, ३ बर्षे ओभरसियर र यस बर्ष देखि डेरी तथा फुड टेक्नोलोजिको नयाँ कक्षाको भर्ना खुलाएको छ ।


यसबारेमा धेरै विद्यार्थी र अविभाबक वेखबर भएका कारण भर्ना हुन आउने हरुको संख्या न्युन रहेको पनि पौडेलको अनुभब छ । सो अबसरमा पौडेललले रामेछाप बहुप्राविधिक शिक्षालयमा देशभरका २० वटा भन्दा बढि जिल्लाका विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी दिंदै तीन वटै विषयमा ४० ÷४० जनाको मात्र कोटा रहेको र सबै तहमा सर्वसाधारण विद्यार्थीहरु समेतको पहँुच पुग्न सकोस भनेर विपन्न दलित, महिला र अल्प संख्यक जात जातिका लागि बर्षेनी छात्रबृत्तिको ब्यवस्था गरेको जानकारी पनि गराईएको थियो ।
कार्यक्रममा सहभागीहरूले रामेछाप बहुप्राविधिक शिक्षालयले हरेक बर्ष उत्पादन गर्ने कृषि, पशुपन्छी पालन लगायतका क्षेत्रबाट हुने उत्पादनको बजारिकरण र गुणस्तरमा पनि ध्यान दिंदै देशकै नमुना शिक्षालय निर्माणका लागि सुझाएका थिए । यस शिक्षालयमा बिभिन्न जिल्लाबाट अध्ययन अवलोकन भ्रमणका लागि पनि शिक्षक र बिद्यार्थीहरु आउने गरेका छन् ।

Share86Tweet54Share15

Related Posts

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

६ भाद्र २०७९, सोमबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

६ भाद्र २०७९, सोमबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

६ भाद्र २०७९, सोमबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

६ भाद्र २०७९, सोमबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

६ भाद्र २०७९, सोमबार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

६ भाद्र २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.