Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमाले रामेछाप निर्वाचन समन्वय समिति संयोजकमा ढकाल र घिसिङ

नेपाल अभियान नेपाल अभियान
१५ भाद्र २०७९, बुधबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
133
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । नेकपा एमाले रामेछापको बुधबार सम्पन्न जिल्ला कमिटी पदाधिकारीको पाँचौ बैठकले प्रदेशसभा सदस्य प्रत्येक्षतर्फका लागि निर्वाचन समन्वय समिति गठन गरेको छ । बैठकले प्रदेशसभा ‘क’ का लागि जिल्ला पार्टी उप–सचिव होतराज ढकाल र ‘ख’ का लागि जिल्ला कमिटी सदस्य मिलनकुमार घिसिङको संयोजकत्वमा कमिटी गठन गरेको हो ।
प्रदेशसभा ‘क’ अन्तर्गत समितिको सह–संयोजकमा आशबहादुर तामाङ र सचिवको जिम्मेवारी भोला खड्काले पाउनु भएको छ । त्यसैगरी प्रदेश ‘ख’ अन्तर्गत सह–संयोजकमा उज्वल सुवेदी र सचिवको जिम्मेवारी मखमली श्रेष्ठलाई दिइएको छ । समिति सदस्यहरुमा सम्बन्धित प्रदेश अन्तर्गत जिल्ला कमिटी सदस्यहरु, पालिका कमिटीका पदाधिकारीहरु तथा सबै वडा कमिटिका अध्यक्षहरु साथै वडा अध्यक्ष र प्रदेश अन्तर्गतका सम्पूर्ण जनप्रतिनिधिहरु रहेको पार्टी प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो ।
दुवै प्रदेशसभा निर्वाचन समन्वय समितिले पार्टी केन्द्रको निर्देशन तथा बागमती प्रदेशको परिपत्र २२ अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका आकांक्षि उम्मेदवारहरुको नामावली तयार गरि जिल्ला कमिटीमा सिफारिस गर्ने छ ।
जसका लागि यही भदौ १९ गते बस्ने बैठकले प्रदेश सभा सदस्य प्रत्यक्षतर्फका आकांक्षिहरुको नाम सिफारिस गर्ने छ । त्यसैगरी भदौ २० गते बस्ने जिल्ला कमिटीको पूर्णबैठकले समानुपातिक र संघतर्फका आकांक्षिहरुको नामका बारेमा छलफल गरि बागमती प्रदेश कमिटीमा सिफारिस गर्ने पनि प्रचार विभाग प्रमुख कार्कीले जानकारी दिनुभयो । बैठक जिल्ला अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज कैलाशप्रसाद ढुङ्गलको प्रमुख आतिथ्यता र बागमती प्रदेश कमिटीका सदस्यहरु क्रमशः शान्ति प्रसाद पौडल र तुलप्रसाद कँडेलको आतिथ्यतामा सम्पन्न भएको थियो ।

Share53Tweet33Share9

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१५ भाद्र २०७९, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१५ भाद्र २०७९, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ भाद्र २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ भाद्र २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ भाद्र २०७९, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१५ भाद्र २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero