Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नागरिकको समस्यालाई उच्च प्राथमिकता दिएर काम गर्न जनप्रतिनिधिहरुलाई निर्देशन

नेपाल अभियान नेपाल अभियान
१७ भाद्र २०७९, शुक्रबार
in देश, राजनीति, समाचार
0
53
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१७ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नागरिकको प्रत्यक्ष पिरमर्का वुज्ने काम तल्लो तहमा रहेर काम गर्ने जनप्रतिनिधिको भएकाले जहिले पनि नागरिकको समस्यालाई उच्च प्राथमिकता दिएर काम गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
आफुले गरेको कामले जनतालाई पार्टी सँग नजिक पार्र्ने भएकाले अबको चुनावमा गठबन्धनका उमेद्वारहरुलाई जिताउन सहज हुने बताउनुभयो । उहाले नेपाल काँग्रेस नेतृत्वको सरकारले गरेका उल्लेखनिय कार्यहरुको प्रशंसा गाउँगाउँमा गर्न पनि पार्टि कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।


सो कुरा उहाले नेपाली काँग्रेस रामेछापको जिल्ला प्रशिक्षण शाखाद्वारा मन्थलीमा आयोजित जनप्रतिनिधिको सम्मान तथा अभिमुखिकरण कार्यक्रमको उद्घान गर्दै बताउनु भएको हो ।
एहाले आगामी निर्वाचन नेपाली काँग्रेसको नेतृत्वमा ५ दलिय गठवन्धन एक भएर जाने निश्चित जस्तै भैसकेको भन्दै गठबन्धनका उमेद्वारहरुलाइ अनिवार्य रुपमा जिताउन समेत आग्रह गर्नभयो ।


उहाले भन्नुभयो – “निर्वाचनका लागि कुन दलको कुन उम्मेद्वार भन्ने कुरालाई मुख्य रुपमा नलिई कसरी गठवन्धनका उम्मेद्वारलाई विजय गराउने भन्ने कुराचाहि मुख्य रुपमा लिएर सवैले संगठनमा जुटनुपर्छ ।” उहाले आगामी निर्वाचनमा गठवन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि जनप्रतिनिधिको भूमिका उल्लेखनिय रहने भन्दै त्यसका लागि कृयासिल तरिकाले काम गर्न अनुरोध गर्नुभयो ।

प्रशिक्षण शाखाका संयोजक तथा जिल्ला उप–सभापति लेखबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काँग्रेस जिल्ला सभापति पूर्णवहादुर तामाङ (कान्छाराम),पूर्व जिल्ला सभापति एबं रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेले लगाएतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो । मन्तब्यका क्रममा विगतमा भएका दुबै पक्षको कमि कमजोरीलाई बिर्सेर निर्वाचनमा एक भएर जाने प्रतिबद्धता ब्यक्त, गर्नुभयो । यस अघि काँग्रेस भित्र भएको समान्य बिबादलाई सहमतिमा पुर्याइएको छ । उक्त सहमति पछि आयोजित उक्त प्रशिक्षण कार्यक्रममा जिल्लाका प्राय सवै नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्की, रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, उप–प्रमुख बालकुमारी कार्की, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजिबहादुर खड्का (दिनेश) र उपाध्यक्ष उषा कार्की, उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार र दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगर र काँग्रेसका तर्फबाट विजयी जिल्लाका २४ वडा अध्यक्ष र वडा सदस्यहरुलाई समेत सम्मान गरीएको थियो ।
सो कार्यक्रममा सम्मानित जनप्रतिनिधिहरुले आ–आफ्ना धारणा राखेका थिए । त्यसैगरी पूर्व जिल्ला सभापति रामचन्द्र खड्का,नेताहरु कृष्णवहादुर महत,ध्रुबहरी ढुंगेल,प्रदेश सदस्य कल्पना खड्का,लगाएतले आ–आफ्नो मन्तब्य राखेका थिए । प्रशिक्षण दुई दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

Share21Tweet13Share4

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१७ भाद्र २०७९, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ भाद्र २०७९, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ भाद्र २०७९, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ भाद्र २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ भाद्र २०७९, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१७ भाद्र २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero