Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ठूला राजनितिक दलहरुले देश वर्बाद बनाए ः लिङ्देन

नेपाल अभियान नेपाल अभियान
२७ भाद्र २०७९, सोमबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
110
SHARES
Share on FacebookShare on Twitter

ठूला राजनितिक दलहरुले देश वर्बाद बनाए ः लिङ्देन
रामेछाप । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले ठुला भनाउँदा राजनितिक दलहरूका कारण देश बरबादी तर्फ गएको आरोप लगाउनु भएको छ । सत्तासिन दलहरु नेपाली कांग्रेस,नेकपा एमाओवादी र प्रतिपक्ष दल नेकपा एमाले लाई लक्षित गर्दे उहाँले उनिहरुको कुशासनका कारण मुलुक बर्वादी तर्फ गएको भन्दै त्यसको सुधारका लागि आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा राप्रपालाई जिताउन पनि उहाँले आग्रह गर्नु भयो ।
सो कुरा अध्यक्ष लिङ्देनले सोमबार राप्रपा जिल्ला समिति रामेछापद्धारा मन्थलीमा आयोजित बृहत आम सभालाई सम्बोधन गर्ने क्रममा बताउनु भएको हो । आफनो मन्तब्यका क्रममा अध्यक्ष लिङ्देनले ठूला दलहरुले नागरिक बाट पटक पटक प्राप्त अबसरलाई दुरुपयोग गरेकाले आउने चुनावमा दलहरूको बाकस खाली गरिदिएर देखाई दिन पनि आग्रह गर्नु भयो ।
यसको लागि युवाहरुलाई इमान्दारीताका साथ साथ दिन पनि उहाँले आग्रह गर्नु भयो । यसो गर्न सकियो भने मात्र जनतालाई अब भेडा बाख्रा बनाउन सकिँदैन भन्ने चेत ठुला दलमा फिर्ने र सुध्रिएर आउन सक्ने पनि उहाँको भनाइ छ । मुलुकमा मौलाएको भ्रष्टाचार र कमिशन तन्त्रका कारण देश अधोगति तर्फ गएको मा पनि उहाँले चिन्ता प्रकट गर्नु भयो ।
लिङ्देनले राप्रपाले अबलम्बन गरेको हिन्दु राष्ट्रको अभियानलाई साथ दिन पनि आग्रह गर्नु भयो । कतिपयले हिन्दु धर्मको नाममा विपरित कुरा उठाएर उत्पीडनमा परेका नागरिकलाई थप पीडा दिने गरेको भन्दै कसैलाई पनि भ्रम नफैलाउन पनि उहाँले आग्रह गर्नु भयो । उहाँले भन्नु भयो सर्व धर्म सम भाव राप्रपाको मुल एजेण्डा भएको सोहि अनुसारको बुझाईमा एक रुपता ल्याउनु आवश्यक छ । उहाँले अहिलेको निर्वाचन प्रणालीलाई सुधार गरेर जानु पर्नै आफनो पार्टिको स्पष्ट धारणा रहेको भन्दै राप्रपाको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा भएको पनि बताउनुभयो । जस अनुसार ‘जनताले सोझै आफ्नो प्रधानमन्त्री चुन्न पाउने व्यवस्था हुनुपर्छ, यही कुरालाई अत्मसाथ गरी राप्रपाले कार्यक्रम अगाडि बढाइसकेको छ’, उहाँले भन्नुभयो । अध्यक्ष लिङ्देनले मतदातालाई चुनमा गरिने सानातिना भोजमा नबिक्न आग्रह पनि गर्नु भयो । उहाँले चुनावमा लिएको पैसाले कोही मान्छे धनी नभएको भन्दै सचेत मतदातको भूमिका निभाउन पनि रामेछापेली नागरिकहरु संग आग्रह गर्नु भयो । उहाँले आगामी मंसिर ४ मा हुन लागेका ‘निर्वाचनलाई देश बदल्ने मुख्य कडिको रुपमा आफनो पार्टिले बुझेकोले अभियानमा साथ दिन पनि सबैलार्य आग्रह गर्नु भयो । उहाँले देश बिग्रियो भने देशका ठुला नेताहरूलाई केही फरक नपर्ला तर मतदातालाई पर्ने प्रभावका बारेमा भने सचेत हुन पनि सबैलाई आग्रह गर्नु भयोे ।
कार्यक्रममा बोल्दो सो पार्टिका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले देशमा शुसासन बहालि गर्न र नागरिकहरुमा परेको कठिनाईको दिर्घकालीन निकासका लागि ठुला राजनितिक पाटिहरुबाट संभाबना नरहेको भन्दै त्यसको लागि राप्रपालाई आगामि निर्वाचनमा जिताएर परिक्षण गर्न पनि आग्रह गर्नु भयो ।
राप्रपाका जिल्ला अध्यक्ष भरत वाईवाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राप्रपा रामेछापका सचिब शिवजी घिमिरे संविधान सभाका सभाषद एवं पुर्व राज परिषदकि सदस्य दाल कुमारी सुनुवार,केन्द्रिय सदस्य आङछिरिङ शेर्पा,राप्रपाका केन्दिय सदस्य एवं राष्टिय पंचायतका अध्यक्ष नबराज सुवेदी लगायतका बक्ताहरुले तहस नहस भएको मुलुकलाई सहि मार्गमा ल्याउनका लागि पनि आगामी मंसिर ४ मा हुन लागेको निर्वाचनमा राप्रपालाई भारी मतदान गरेर जिताउन पनि आग्रह गनु भयो ।
कार्यक्रमलाई सफल बनाउनका लागि जिल्ला समितिले एक हप्ता देखिनै मेहनत गरेको र केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देननै आउने भएकाले सर्व साधारणको उल्लेखनिय रुपमा उपस्थिति रहेको थियो । सो अबसरमा नेपाली काँग्रेस माओावादी र एमाले पार्टि परित्याग गरि करिब १ सय कार्यकर्ता राप्रपा प्रबेश गरेका थिए । नव प्रबेशीहरुलाई प्रमुख अतिथिले खादा र अबिर लगाएर पार्टि प्रबेश गराउनु भएको थियो ।

Share44Tweet28Share8

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२७ भाद्र २०७९, सोमबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२७ भाद्र २०७९, सोमबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२७ भाद्र २०७९, सोमबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२७ भाद्र २०७९, सोमबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२७ भाद्र २०७९, सोमबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२७ भाद्र २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.