रामेछाप २ असोज । लामो समय देखि प्राय निष्किृय जस्तै बनेको रामेछाप जिल्ला सहकारी संघ लयमा फर्कन लागेको छ । शनिबार उसले सदरमुकाम मन्थलीमा गरेको पाँचौ बार्षिक साधारण सभाको कार्यक्रममा प्रस्तुत प्रतिबेदन र चलायामान गतिविधिका आधारमा संस्था लयमा फर्कन लागेको पुष्टि भएको हो ।
शनिबार जिल्ला सदरमुकाम मन्थलीमा भएको संघको पाँचौँ वार्षिक साधारण सभाका अबसरमा संघका अध्यक्ष हिमाल ढुंगेलले प्रस्तुत गरेका प्रतिबेदनका अनुसार संघले आफनो आगमनको ७ महिनाका बीचमा झण्डै एक दर्जन जति काम गरि सकेको छ ।
जस अनुसार संघले नियमित रुपमा कार्यालय संचालनमा ल्याए संगै आफना संस्थागत गतिबिधिलाई तिब्र बनाएको हो । संस्थाले साधारण सभाका अबसरमा मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गोबिन्द प्रसाद् घिमिरे, रामेछाप जिल्ला बचत तथा ऋण सकहारी संघ लिमिटेडका अध्यक्ष जगन्नाथ दाहाल र नव जागरण बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक रमेशकुमार उदाशलाई सहकारीको माध्यमबाट विभिन्न छुट्टा छुट्टै विधामा अग्रणि भूमिका निर्वाह गरेको भन्दै सम्मान पनि गरेको थियो ।
संस्थाले ७ महिनाका विचमा आफनो चार बर्षिय रणनितिक योजना निर्माण,प्रदेश मन्त्री र मन्त्रालयको सचिबका रोहबरमा जिल्लाका सहकारीका ब्यवस्थापकहरुका लागि नेतृत्व र संस्था विकास तालिम पनि उपलब्ध गराएको छ । त्यस्तै सहकारीको क्षमता र आर्थिक विकास र उनिहरुको अबस्थाका बारेमा जानकारी लिने दिने उदेश्यले दर्जन भन्दा वढी अन्तर सहकारी र विषयगत सहकारी हरुका विच समन्वयात्मक बैठक समेत बसेको छ । त्यैसैगरि संघले लामो समय देखि प्राय निस्किृय जस्तै बनेको जिल्ला जुनार कृषि सहकारी संघलाई पनि समन्वका आधारमा लयमा फर्काएको जानकारी पनि अध्यक्ष ढुँगेलले गराउनु भयो ।
त्यसैगरि संघले निश्किृय अबस्थामा रहेका कृषि सहकारी हरुलाई पनि सक्रिय बनाउनका लागि आबश्यक छलफल समेत गरीरहेको छ । त्यस्तै संस्थागत विकासमा सहयोग पुगोस भन्नाका खातिर उसले संस्थामा आबद्ध महिलाहरुका लागि सिटिईभिटिई संगको सहकार्यमा आगामि ४ महिना भित्र बुटिक बनाउने तलिम दिने कार्यक्रम समेत तय भैसकेको जानकारी पनि सो अबसरमा गराईएको थियो ।
साधारण सभाको प्रमुख आतिथ्यता जिल्ला समन्वय समितिकि प्रमुख चिना खड्काले गरेकि थिईन् । कार्यक्रमका सहभागि अतिथिहरुले संस्थाले आफनो कर्म मार्फत सहकारीको विकासमा खेलेको भूमिकाका बारेमा खुलेर चर्चा गरेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया