Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रहरी दिवसका असवरमा विभिन्न ब्यक्तित्वहरु सम्मानित

नेपाल अभियान नेपाल अभियान
३१ आश्विन २०७९, सोमबार
in देश, प्रहरी-प्रशासन, समाचार, समाज
0
100
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ३१ असोज । ६७ औं प्रहरी दिवसको अवसरमा विभिन्न ब्यक्तित्वहरु सम्मानित भएका छन् ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापमा आयोजित कार्यक्रममा समुदाय–प्रहरी साझेदारी कार्यक्रम गर्न विद्यालय मार्फत सहयोग गर्ने मन्थली माविका प्रधानाध्यापक टंक प्रसाद दाहाल, प्रहरी कर्मचारीहरुलाई तनाव ब्यवस्थापनको बिषयमा निःशुल्क अनुशिक्षण गरेर सयोग गर्ने पाण्डब प्रसाई, स्वास्थ्यको क्षेत्रमा निःशुल्क विभिन्न परिक्षणहरु गरेर सहयोग गर्ने शुभम पोलिटेक्निकल इन्सटिच्यूटका डा. केशव सिंह धामी, सामुदायिक आँखा केन्द्र रामेछापका उमेश तामाङ, ट्राफिक विटलाई निशुल्क जग्गा दिएर सहयोग गर्ने समाजसेवी रामनारायण श्रेष्ठ र कटहरवोट नजिक भर्खरै निर्माण गरिएको अस्थायी प्रहरी विट निर्माणका लागि उल्लेख्य योगदान दिने निर्माण समितिका तत्कालिन अध्यक्ष राजु श्रेष्ठ समेत लाई प्रसंसा पत्रले सम्मान गरिएको थियो ।


त्यसैगरी जिल्ला प्रहरी कार्यालय रामेछाप तथा मातहतमा रहि आफ्नो कर्तब्य पालनमा उच्च लगानशिलताका साथ ब्यवसायिक ढंगबाट कार्य सम्पादन गरेको भन्दै प्रहरी निरीक्षक राजु प्रसाद ढकाल, तेजप्रसाद कँडेल, जटाशंकर यादव, प्रहरी नायव निरीक्षक चन्द्र बहादुर श्रेष्ठ, र प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठलाई पनि प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

यसैगरी इमान्दारीका साथ आफ्नो कर्तब्य निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक धननारायण श्रेष्ठ, दिलिप कुमार थापा, प्रहरी सहायक निरीक्षक राजन शिवकोटी , बरीष्ठ प्रहरी हवल्दार नरवहादुर सिंजाली, डम्वर के सी, विजय कुमार सिंह दयाराम अधिकारी, प्रहरी सहायक हवल्दार अन्जनहरी न्यौपाने, प्रहरी जवान दिपक श्रेष्ठ, शुसिला श्रेष्ठ र कार्यालय सहयोगी राम बहादुर श्रेष्ठलाई पनि नगद पुरस्कारले सम्मान गरिएको थियो ।

त्यसैगरी अमर प्रहरी परिवार रीता श्रेष्ठ, र कृष्णमाया थापा एबं प्रहरी चौकीका लागि निःशुल्क जग्गा दाताहरु क्रमश प्रहरी चौकी गोकुलगंगाका लागि जग्गा दाताहरु रुद्र बहादुर सुनुवार र शिव बहादुर सुनुवार एबं प्रहरी चौकी फुलासीका लागि जग्गा दाताहरु मान बहादुर लामा र निमदोर्जे लामालाई समेत प्रशंसा पत्रले सम्मान गरिएको थियो । प्रशंसा पत्र र नगद पुरस्कार कार्यक्रमका प्रमुख अतिथि एबं प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बितरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रहरी निरीक्षक राजु प्रसाद ढकालले प्रहरी महानिरीक्षकको शुभकामना सन्देश वाचन गर्नुका साथै स्वागत मन्तब्य राख्नु भएको थियो, भने प्रहरी नायव उपरीक्षक राजकुमार थिंङले प्रहरीलाइ हर तरह बाट सहयोग गर्ने सबैलाई धन्यवाद दिदै जुनसुकै परिस्थितिमा पनि प्रहरीहरु बिचलित नभई आफ्नो कर्तब्य निष्ठामा लागिरहने बताउनु भयो ।

उहाले भन्नुभयो– “हाम्रा प्रहरीहरुले गरेको कमी कमजोरीलाई औल्याइदिनुस हामी सच्याउछौ र नागरिकको शान्ति सुरक्षामा सधै लागि पर्छौ । त्यसका लागि हामी लाई समुदायका सबैखाले नागरीक तथा सञ्चारकर्मीहरु समेतको सूचनाको आबश्यक हुन्छ ।”

कार्यक्रमका अबसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी एबं कार्यक्रमका प्रमुख अतिथि शोभाखर रेग्मीले सम्मानित र पुरस्कृत सबैलाई बधाई दिँदै प्रहरीहरुले निडरका साथ जस्तो सुकै जोखिम मोल्न पनि तयार हुनु पर्ने बताउनुभयो । उहाले भन्नुभयो –“देश र जनताको सेवा गर्ने कसम खाएर जागिरमा प्रवेश गरेका जुनसुकै दर्जाका प्रहरीहरुले समाजमा नमुना योग्य कार्य गरेर देखाउने र सरुवा भएरु अन्यत्र जाँदा नागरिक अभिनन्दन भएर जान सकेमा मात्र प्रहरीको सफतला हुने बताउनुभयो ।

Share40Tweet25Share7

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३१ आश्विन २०७९, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३१ आश्विन २०७९, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३१ आश्विन २०७९, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३१ आश्विन २०७९, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३१ आश्विन २०७९, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३१ आश्विन २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero