Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अनेरास्ववियुका स्ववियू सभापतिका उमेद्वार पुष्कर भट्टरार्ईको उमेद्वारी विरुद्ध नेविसंघको विरोध,क्याम्पसका सबै काम रोकिए

नेपाल अभियान नेपाल अभियान
२८ फाल्गुन २०७९, आईतवार
in समाचार, समाज
0
288
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२८ फागुन । यहि चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि मनोनयन दाखिला गरेका अनेरास्ववियुका स्ववियू सभापतिको विषयमा नेविसंघले दावी बिरोध गरेपछि क्याम्पस प्रशासनले निर्धारित समयमा आधिकारीक जवाफ दिन सकेको छैन ।
निर्वाचन कार्यतालिका अनुसार अनेरास्ववियुले मन्थली नगरस्तरीय युवा परिषदको उपाध्यक्ष तर मन्थली नगरापलिकाको तलवि कर्मचारीको रुपमा काम गर्दे आएका सभापति पदका उमेद्वार पुष्कर भट्टराइलाई उमेद्वार बनाएको भन्दै नेविसंघले भट्टराईका नाममा दावि विरोध पेश गरेको थियो ।


दावि विरोध पछि नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिब दिपक खड्काको नेतृत्वमा नेविसंघको टोली भट्टरार्ईको उमेद्वारी खारेज गर्नु पर्ने माग राख्दै मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका थिए ।
सो क्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले उपाध्यक्ष भट्टरार्ईको राजिनामा फागुन २१ मा स्वीकृति भईसकेकोले उक्त विषयले नगरपालिका सँग सरोकार नराख्ने भन्दै त्यसको लिखित प्रमाण टोलीलाई देखाई दिएका थिए ।
प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद चापाईगाईको जवाफले मात्र चित्त नबुझेपछि काँग्रेस पार्टि सचिब खड्का नेतृत्वको टोलीले प्रजिअ शोभाखर रेग्मीलाई भेटेर भट्टराईको उमेद्वारी खारेजको माग गरेको थियो । सोहि विषयमा क्याम्पस प्रशासनले निर्णय दिन नसकेपछि आइतवारका सबै चुनावी कार्यक्रमहरु रोकिएका थिए ।
आइवार साँझ सम्म समस्याको समाधानका लागि पहल भैरहेको भएपनि ठोस निष्कर्ष निकाल्ल क्याम्पसले सकेको थिएन । १० बजे देखि दिउँसो २ बजे सम्म उमेद्वार विरुद्ध दावि विरोधको कार्यक्रम र ५ बजे सम्म उमेद्वारहरुको अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको थियो ।
मन्थली नगरपालिकाले नगर युवा परिषदको नियुक्ति दिएका एमाले कार्यकर्ता पुष्कर भट्राईलाई नगरपालिकामा नियम विपरित नियुक्ति दिएर खुल्ला राजनिति गर्न छुट दिनु आपत्तिजनक विषय भएको नेपाली काँग्रेसका सचिब दिपक खड्काले बताउनु भयो । उहाले भन्नुभयो–तलवी कर्मचारीका रुपमा काम गर्दे आएका सचिब भट्टराईले खरीदार तहको तलब सुविधा बुझ्दै आएका छन् ।
तर मन्थली नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद चापागाईले भने मन्थली नगरपालिकाले गत भदौ १२ गते कार्यपालिकाले कार्यविधि बनाएर मेयरको निजि सचिवालयमा काम गर्ने गरी खरीदार स्तरको सुविधा पाउने गरी नियुक्ति दिएकोले उनको नियुक्तिलाई अबैध भन्न नमिल्ने र फागुन २१ गतेको मितिमा उपाध्यक्ष भट्राईको राजिनामा स्वीकृत भईसकोले नगरपालिका सँग बाँकि विषय नजोडिने बताउनु भयो । यस्ता बिषयमा मन्थली नगरपालिका पटक पटक विवादित बनेको छ ।
यस अघि स्थानीय तहको चुनावमा मन्थली नपा वडा नं–७ बाट वडा अध्यक्षका लागि उमेद्वार बनेका देवेन्द्र श्रेष्ठ पनि मन्थली नगरपालिका खेलकुद अन्तर्गतका र मन्थली मावि का खेल प्रशिक्षकका रुपमा तलवी कर्मचारी भै काम गरीरहेका ब्यक्ती थिए । निर्वाचनमा होमिएका श्रेष्ठ माथि कुनै किसिमको दावी विरोध नपरेपछि चुनावमा पराजित भएपनि उनी तलवी कर्मचारीकै रुपमा दुबै ठाँउमा कायम रहेको स्रोतले बताएको छ ।

Share115Tweet72Share20

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२८ फाल्गुन २०७९, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२८ फाल्गुन २०७९, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२८ फाल्गुन २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ फाल्गुन २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ फाल्गुन २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ फाल्गुन २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero