रामेछाप,४ चैत । आर्थिक मन्दी र बैक तथा वित्तिय संस्थाहरुको चर्को ब्याजदरका कारण आत्महत्याको प्रयास गर्ने संख्या बढदै जान लागेको छ ।
यसै सन्दर्भमा रामेछापको मन्थली नगरपालिका वडा नं–७ स्थायी वसोवास भएका ४८ बर्षिय यज्ञ बहादुर खत्री (हरी) ले आत्महत्याको प्रयास गरेका छन् ।

बिभिन्न बैक तथा वित्तिय संस्था एबं साहु महाजनहरु सँग ऋण गरेर २ महिना अघि आफ्नी छोरी प्रर्मिला लाई बैदेशिक रोजगारीका लागि कुवेत पठाएका खत्रीले आफ्नो आम्दानीले मासिक ब्याज धान्न सक्ने अबस्था नभएर र बंैक तथा बित्तिय संस्थाहरुको मासिक ब्यज सम्बन्धि प्रेसर थेग्न नसकेर बिष सेवन गरी आत्महत्याको प्रयास गरेको पारिवारीक श्रोतले बताएको छ ।
रामेछापको मन्थली नगरपालिका वडा नं–७ स्थित बडिमुहानको गिरचउरमा बसोवास गर्ने खत्री परिवारसँग भएको २ रोपनी पाखो वारीको उंब्जनीले ३ महिना पनि खान नपुग्ने अबस्था छ । गाँउमा रहेका उनका ८० बर्षिय बृद्ध बुवा सुब्बा खत्री दमको रोगले घरमा एकै थलामा हुनुहुन्छ ।
ललितपुरको सातदोवाटोमा रहेको एउटा हार्डवयर पसलमा सामान्य ढंगवाट मजदुरी गर्ने खत्रीको गाउमा भएका बृद्ध वुवा आमा,भाइ,वुहारी र आफनो १ छोरा र १ छोरी सहित करिव ८ जनाको जहान पाल्नुपर्ने बाध्यता समेत रहेको थियो ।

ललितपुमै रहेका खत्रीले आत्मदाहको प्रयास गरी बिष सेवन गरिसकेको अबस्थामा परिवारले फेला पारेपछि तत्काल ललितपुरकै किस्ट शिक्षण अस्पताल पुर्याएका थिए । हाल सो अस्पतालको आइ सि यू कक्ष मा राखि उहाको उपचार भैरहेको छ । खर्च अभावका कारण उहाको उपचार गर्न कठिनाई भैरहेकोले परिवारले आर्थिक सहयोगको समेत अपिल गरेको छ ।
उहाँको उपचारमा सहयोग गर्न चाहानेले उहाको छोरा प्रदिप कुमार खत्रीको नाममा सानीमा बैंक मा रहेको बचत खाता नं ०१४०११०६०००५३२० मा रकम जम्मा गरिदिन पनि परिवारले अनुरोध गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया