Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बिश्वमा देशको प्रतिष्ठा बढाउदै नेपाली सेना –प्रधान सेनापति शर्मा

नेपाल अभियान नेपाल अभियान
२१ चैत्र २०७९, मंगलवार
in समाचार, समाज
0
36
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२१ चैत्र । नेपाली सेनाले बिश्वमा देशको प्रतिष्ठा बढाउदै लगेको प्रधानसेनापति प्रभुराम शर्माले बताउनुभएको छ ।
सो कुरा उनले श्री नम्बर ९ बाहिनी अड्डा अन्तर्गत रामेछापको मन्थलीमा मङ्गलवार आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटनका क्रममा वताएका हुन् ।
उहाले देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नागरिकको रक्षा गर्नु सेनाको संवैधानिक प्रदत्त दायित्व भएको बताउनुभयो ।
सेनाले विकास निर्माण तथा पर्यावरण संरक्षणमा योगदान गर्दै आएको पनि उहाले बताउनुभयो । नेपाली सेनाले सयुक्त राष्ट्र संघ अन्तर्गत विश्व शान्ति स्थापनामा समेत ठूलो योगदान गरी विश्वमा नेपालको प्रतिष्ठा बढाएको उहाले बताउनुभयो ।
प्रधान सेनापति शर्माले भूतपूर्व सैनिकहरुलाई आफ्नो वहालमा रहदा प्राप्त गरेको ज्ञान र सीपलाई आफू बसोवास गरिरहेको ठाँउमा प्रयोग गरी सधै राष्ट्रको हित साथै नेपाली नागरिकको सेवामा आ–आफ््नो क्षेत्रबाट समर्पित रहि आफूलाई सधैँ एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकका रूपमा प्रस्तुत गर्न आग्रह गर्नुभयो ।


सम्बोधनकै क्रममा उहालेले भूपू सैनिकको जीवनलाई थोरै भए पनि सरल,सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताउनुभयो । । उहाले सैनिक कल्याणकारी कोषमा रहेको करिव ७४ अर्व रकम पारदर्शी रूपमा सदुपयोग गर्दै सीमित स्रोत–साधनका बावजुद शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियत कर्जा मार्फत सम्पूर्ण हिताधिकारीलाई सुविधा उपलब्ध गराउँदै आइरहेको र थप सेवा विस्तारमा नेपाली सेना प्रयत्नशील रहेको बताउनुभयो ।
कार्यक्रममा सेनाका वालाध्यक्ष रथि सिताराम खड्काले कल्याणकारी गतिविधिलाई सरल, सहज ढंगबाट विस्तार गर्न निरन्तर प्रयास भइरहेको कुरा बताउँदै यस्ता सम्मेलनले भूपु सैनिक विच आपसी सद्भाव बृद्धि हुने धारणा व्यक्त गर्नुभयो ।
कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तान्डुलले सेनामा हिताधिकारीको आयआर्जनका नयाँ क्षेत्र पहिचान गर्दै लगानीमार्फत कल्याणकारी कार्यमा नयाँ सोचका साथ अघि बढ्ने बताउनुभयो ।
सेनाको श्री नम्बर ९ बाहिनी अड्डा अन्तर्गत रामेछापमा स्थायी बसोवास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन २०७९’ गरिएको हो । सम्मेलनमा रामेछाप दोलखा र सिन्धुलीका भुपूहरु सहभागि थिए ।


आजैकै दिन यही समयमा दोलखा र सिन्धुलीमा समेत त्यस जिल्लामा स्थायी बसोवास गर्ने भूतपूर्व सैनिकका लागि समेत भूपु सैनिक सम्मेलन आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको हो । भूपु सैनिकको कल्याणकारी कार्यलाई समन्वय गर्ने उदेश्यले वि सं २०७० असोज २१ गते नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएको हो ।
नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै सेनाले देशका विभिन्न क्षेत्रमा निरन्तररूपमा भूपू सैनिक सम्मेलन गर्दै आएको छ । अहिले निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार पाँच सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कुल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ लाख ९७ हजार पाँच सय १५ जना रहेको सैनिक प्रवक्ता सहायक रथि कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
सम्मेलनमा भूपू सैनिकका प्रतिनिधिद्वारा मार्च पास माझी र नेवारी समुदायको झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य,पिटी र सैनिक ब्यान्ड प्रदर्शन,ज्येष्ठ सैनिक सम्मान,‘ह्विल चियर’ तथा बैषाखी वितरण,चारभन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमा र बाबुलाई सम्मान ,शताब्दी पुरुष र महिला सम्मान र अन्तरक्रिया तथा छलफलसमेत गरिएको थियो ।

Share14Tweet9Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२१ चैत्र २०७९, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२१ चैत्र २०७९, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ चैत्र २०७९, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ चैत्र २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ चैत्र २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ चैत्र २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero