
रामेछाप,१ बैशाख । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रामेछाप सास्कृतिक तथा सडक महोत्सव २०८० सुरु भएको छ । रामेछाप उद्योग बाणिज्य संघको अगुवाइमा शुक्रवारदेखि उक्त महोत्सव सुरु भएको हो ।
महोत्सवमा विभिन्न जात जातिका झाँकीको प्रदर्शन गरिनुका साथै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुद्धारा विबिध सास्कृतिक कार्यक्रमहरु प्रदर्शन भैरहेका छन भने बिभिन्न घरेलु उत्पादन एबं जात जातिका खानाका परिकारहरु प्रदर्शनीमा राखिएको छ ।
उक्त महोत्सवको उद्घाटन संघिय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले गर्नु भएको थियो ।

मन्थली नगर प्रमुख लव श्रेष्ठले “मन्थली नगरको ब्यापार ब्यवसायको प्रबद्र्धन गर्ने ,नगर भित्रको उत्पादन र नगर क्षेत्रमा भएका विभिन्न जातजातिहरुको सस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले यो महोत्सव गर्न नगरपालिकाले आर्थिक सहयोग गरेको बताउनुभयो ।
जिल्लाको उत्पादन र कला सस्कृतिलाई देश बिदेश सम्म चिनाउने र स्थानीय ब्यापार प्रबद्र्धन गर्ने उद्धेश्यका साथ महोत्सवको आयोजना गरिएको रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नविन कुमार थापा मगरले बताउनुभयो ।

मुख्य आयोजक रामेछाप उद्योग बाणिज्य संघ रहेको उक्त कार्यक्रममा लागि मुख्य प्रायोजक मन्थली नगरापलिका रहेको छ भने प्रायोजकका रुपमा रामेछाप नगरपालिका रहेको छ । त्यसैगरी सहयोगी संस्थाका रुपमा घरेलु तथा साना उद्योग कार्यालय रहेको छ भने सह–आयोजकमा रामेछाप होटल तथा पर्यटन ब्यवसायी संघ रहेको छ । महोत्सव शुक्रवार र शनिवार दुई दिन सम्म चल्ने बताइएको छ ।
यो बारेमा तपाईको प्रतिकृया