
रामेछाप,७ बैशाख । मन्थलीमा सञ्चालित दुग्ध डेरीले गाईको दूधको मूल्यमा प्रति लिटर ५ रुपैयाँ घटाउने सहमति गरेका छन् ।
विहिवार जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले डेरीसञ्चालकहरुले उपभोक्ताहरुको हित र गुणस्तरीयताको ख्यालै नगरी आफु अनुकुल मुल्य बढाएको गुनासो उपभोक्ताहरुवाट आएपछि जिल्ला प्रशासन कार्यलय रामेछापले सरोकारवालाहरु र डेरी सञ्चालकहरुलाई राखि बैठक गरेको हो ।
बैठकमा भएको लामो छलफलवाट डेरी सञ्चालकहरु शुक्रबार बाट लागु हुने गरी गाइको दुधमा ५ रुपैया घटाउने समहति भएका हुन् । तर भैसीको दुधको मुल्य भने यथावत रहेको छ । यस अघि डेरी सञ्चालकहरुले आफुखुसी २०८० बैशाख १ गते देखि लागु हुने गाईको दुध १ सय र भैसीको दुध १ सय २० रुपैया कायम गरेका थिए ।
बैठकले गरेको निर्णय अनुसार दुधको मुल्य घटेसंगै शुक्रबार बाटै लागु हुने गरी अनिवार्य रुपमा दुधको गुणस्तर कायम गर्नु पर्ने र डिडिसीको मापदण्ड अनुसार गुणस्तर नभएको पाईएमा संबन्धित डेरीवालाहरुलाई कार्वाहि गरिने वताइएको छ ।
बैठकमा दुध डेरी सञ्चालकहरु, जिल्ला घरेलु तथा साना उद्योग कार्यालय,रामेछाप उद्योग वाणिज्य संघ,उपभोक्ता मन्च लगायत सरोकारवाला हरु विच छलफल भएको थियो । बैठकमा निमित्त प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले डेरी संचालक हरुले उपभोक्ताको हित विरुद्ध निर्णय गरेको भन्दै प्रशासनले यस बारेमा चासो राख्न बाध्य भएको बताउनु भयो ।
यो बारेमा तपाईको प्रतिकृया