
मन्थली,१८ वैशाख । १ सय ३२ औ मजदुर दिवसको अवसर पारेर रामेछापका अगुवा कृषक हिरालाल आचार्य (अनार बाजे) ले मङ्गलवार दुई जना मजदुरका छेरीहरुलाई सम्मान गर्नु भएको छ । उनीहरुलार्ई नगद र प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
रामेछापको मन्थली नगरपालिका वडा न– १ मा रहेको हरियाली समृद्ध कृषक समूहमा कार्यरत कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं –८ स्थायी घर भएका मजदुर जोडिएका छोरीहरू क्रमशः जानकी आचार्य र कल्पना आचार्य लाई अगुवा कृषक हिरालाल आचार्यले नगद रु २ हजार ५ सय सहित प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो ।

सम्मानित भएका ती एकाघरका दिदीबहिनी मध्ये कल्पना मन्थली मावि मा कक्षा १ बाट प्रथम भई कक्षा दुई मा अध्ययनरत छिन भने जानकी नागकन्या मा वि मा कक्षा ७ वाट प्रथम भई कक्षा आठमा अध्ययनरत छिन् ।
दुवैलाई मन्थली स्थित देवकोटा चोकमा एक कार्यक्रमका बिच मन्थली नगरप्रमुख लव श्रेष्ठले प्रशंसा पत्र हस्तान्तरण गर्नुभएको थियो भने नगद रु दुई हजार पाँच सय का दरले छुट्टा छुट्टै हस्तान्तरण गर्नुभएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया