Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापको गर्जाङमा फहराईयो राष्ट्रिय झन्डा

नेपाल अभियान नेपाल अभियान
२३ बैशाख २०८०, शनिबार
in समाचार, समाज
0
32
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२३ वैशाख । गोकुलगंगा गाउँपालिका वडा नं १ को गर्जाङमा राष्ट्रिय झन्डा फहराईएको  छ । 

शुक्रवार गर्जाङको रमिते डाँडामा गोकुलगंगा गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का(दिनेश) ले झन्डोत्तोलन गर्नु भएको थियो । 

बुद्ध जयन्तीको अवसर पारेर अध्यक्ष खड्काले एक समारोहका बिच राष्ट्रिय झन्डा फहराउँदै आफ्नो पालिकामा सम्भवतः देशकै ठुलो झन्डा फहराउन पाउँदा आफूलाई गर्व लागेको बताउनु भयो । 

धार्मिक,सांस्कृतिक तथा पर्यटकीय हिसाबले पनि अन्य स्थानीय निकाय भन्दा अगाडि रहेको  गोकुलगंगा गाउँपालिकाको गरिमालाई राष्ट्रिय झन्डाको ओझले पालिकाको गौरव बढाएको बताउनुभयो । 

झन्डा फहराउने कार्यक्रमको आयोजना गर्जाङ खिम्ती समाज सेवा समूहले गरेको थियो ।

समुन्द्री सतह देखी करिब २५ सय मिटरको उचाइमा रहेको रमिते डाँडामा ७५ फिट अग्लो पोलमा ४५ फिट लम्बाई र २२ फिट चुँडाई भएको झन्डा राखिएको छ । उक्त झन्डा देश भरकै ठुलो भएको दाबी पनि आयोजकले गरेको छ । 

आयोजक संस्थाका अध्यक्ष श्याम कार्किले यस अघिको गोर्खा जिल्लामा रहेको ४० फिट अग्लो झन्डा रहेको  भए पनि यो गोर्खाको भन्दा ठुलो र अग्लो झन्डा भएकोले नेपालकै ठुलो भएको दाबी गर्नुभयो । 

   उक्त झन्डाले राष्ट्रिय रेकर्ड कायम गरेको जिप आयोजक संस्थाको   दाबी छ ।  

गर्जाङको रमिते डाँडालाई मान्छे उड्ने डाँडा समेत भनेर चिनिन्छ ।  धेरै वर्ष पहिले एक जना लामा गुरु रमिते डाँडाबाट उडेर पारी पट्टी रहेको दोलखाको अर्को डाँडामा पुग्थे भन्ने किंवदन्तीका आधारमा रमिते डाँडालाई स्थानीय ज्येष्ठ नागरिकहरूले पनि पहिले देखिनै आन्तरिक पर्यटन क्षेत्रको रूपमा उपयोग गर्दे आएकोले पनि यसको छुट्टै महत्त्व रहेको छ । 

धार्मिक तथा पर्यटकीय सुन्दरताले भरिएको रमिते डाँडामा अझै पनि     लामा गुरु बसेर ध्यान गर्ने  चलन रहेको छ भने गुफा,लामा गुरु हिँडेको पाइलाहरू र विभिन्न कलात्मक आकृतिहरू समेत यस ठाउँमा देख्न सकिने भएकोले त्यसको संरक्षण र प्रर्वदनको लागि पालिकाले पनि ध्यान दिनु पर्ने स्थानीयको भनाई रहेको छ । 

भौगोलिक विकटता,प्रचार प्रसार र संरक्षणको अभावमा ओझेलमा परेको यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका देशकै ठुलो झन्डा फहराएर यहाँको पर्यटन प्रवर्द्धन गर्ने योजनामा आफू रहेको संस्थाका अध्यक्ष कार्कीले बताउनुभयो ।   

Share13Tweet8Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२३ बैशाख २०८०, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२३ बैशाख २०८०, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ बैशाख २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ बैशाख २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ बैशाख २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ बैशाख २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero