
सिन्धुली,१६ जेठ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आयोजना एवं पत्रकार महासंघ सिन्धुली शाखाको संयोजनमा पत्रकारहरूका लागि आत्मरक्षा तालिम सिन्धुलीमा आज बाट सुरु भएको छ ।
प्रदेश युवा परिषद्को सहयोगमा भएको उक्त तालिमको उद्घाटन मङ्गलवार कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले गर्नु भएको थियो ।
पत्रकारहरूले आत्म सुरक्षा कसरी गर्ने भन्ने बारेमा सिन्धुलीका २५ जना पत्रकारहरूले तालिम लिइरहेका छन् । तालिमको उद्घाटन सत्र बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा भएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया