
मन्थली ,१९ जेठ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको आयोजनामा अपाङ्गता भएका ब्यक्तिहरुको सवालमा विषयक ३ दिने तालिम आजबाट सुरु भएको छ ।
फोनिज बागमती प्रदेशका अध्यक्ष युवाराज श्रेष्ठको अध्यक्षतामा भएको सो तालिमको उद्घाटन मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले गर्नु भएको थियो ।
सो अबसरमा वोल्दै प्रमुख अथिति श्रेष्ठले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकार जगतले सिमान्तकृत एबं अल्पसंख्यकहरुको आवाजलाई बढि सञ्चार माध्यममा लाउनुपर्ने कुरालाई जोड दिनुभयो ।
उहाले यस्ता कार्यक्रमहरुले पत्रकारहरुको लेखन क्षमता बृद्धि भई उनीहरुलाई थप उर्जा मिल्ने भएकाले नगरपालिका वाट पनि पत्रकारहरुको क्षमता बृद्धिको कार्यक्रका लागि आफुले नियमितरुपमा सहयोग गरिरहने बताउनुभयो । ।
कार्यक्रमका अबसरमा केन्द्रीय महासचिब,पत्रकार महासंघ बागमती प्रदेका कोषाध्यक्ष रमेश ढुंगेल,जिल्ला शाखा रामेछापका अध्यक्ष बद्रि नयाँघरे,आदिवासी जनजाति जिल्ला समन्वय का कार्यवाहक अध्यक्ष श्री वहादुर माझी,फोनिज दोलखाका अध्यक्ष प्रभु जिरेल रामेछापका अध्यक्ष कुमार श्रेष्ठ लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो । तीन दिन सम्म चल्ने सो तालिममा कुरार यात्रीले प्रशिक्षण दिई रहनु भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया