रामेछाप,२० जेठ । नेपाली काँग्रेस रामेछापले आफ्ना कार्यकर्ताहरुलाई यस अघि गरिएको कार्वाहि धमाधम फिर्ता गर्दै पुरानो घरमा फर्किन आग्रह गरेको छ ।

पार्टिले एक पछि अर्को पत्र लेख्दै स्थानीय निर्वाचनमा पार्टिलाई असहयोग गरेको भन्दै केहि कार्यकर्ताहरुलाई कार्वाहि गरेको भएपनि मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टिलाई जिताउन सहयोग गर्नेहरु सबैको कार्वाहि फुकुवा गर्ने निर्णय केन्द्रले गरेकोले उक्त चुनावमा नेपाली काँग्रेसलाई जिताउन सहयोग गर्नेहरु सबैको कार्वाहि फुकुवा गरेको नेपाली काँग्रेसका पार्टि सभापति पूर्णबहादु तामाङ ले बताउनुभयो ।
यसैगरी काँग्रेस सचिब दिपक खड्काले एक अपिल जारी गरी यस अघि पार्टिको १४ औ अधिवेशन वाट निर्वाचित भएका तर विभिन्न कारणले स्वतन्त्र वा अन्य कुनै पार्टिमा गई उमेद्वार वन्नु भएका वा पार्टिबाट बिचलित भई हाल सम्म निस्कृय रहनुभएका काँग्रेसका सबै कार्यकर्ताहरुलाई यस अघिकै भुमिकामा रहि आ–आफ्नो जिम्मेवारी वहन गर्नकालागि पुरानै घरमा फर्किन अनुरोध गर्नुभएको छ ।
यो बारेमा तपाईको प्रतिकृया