मन्थली,२० जेठ । नेपाली काँग्रेस रामेछापले यहि जेठ २७ गते शनिवार जिल्लाको ६४ वटै वडामा एकसाथ वडा भेला गर्ने भएको छ ।
पार्टिको यस अघि मन्थलीमा वसेको बैठकले २७ गते वडा भेला र ३१ गते जिल्ला भेला गर्ने निर्णय गरेको जिल्ला पार्टि सचिब दिपक खड्काले जानकारी दिनुभयो ।
२७ गतेको भेलाका लागि पार्टिले आफ्ना सदस्यहरुलाई बिभिन्न वडामा खटाइसकेको छ ।

नेपाली काँग्रेस रामेछापले यस अघि सम्पन्न गरेको चौधौं अधिबेशन पश्चात पहिलो जिल्ला भेला हुन लागेको हो । उक्त भेलामा केन्द्रीय सह महामन्त्री एबं माननिय सांसद बद्री पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस जिल्ला कार्य समितिका उपसभापति लेख बहादुर कार्कीले जानकारी दिनुभयो । वडा भेला र जिल्ला भेलाका लागि क्षेत्रिय समिति,पालिका समिति र वडा कार्य समितिले आ–आफ्नो तयारी गरिरहेका छन् । । यसै बिच सोहि कार्यक्रमको तयारीको बिषयलाई लिएर मन्थली नगर समितिका पदाधिकारी र वडा सभापतिसहितको आज (शनिवार) मन्थलीमा बैठक वसेको थियो । बैठकले दुवै कार्यक्रमलाई सफतापुर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाँउवाट आबश्यक सहयोग गर्ने लगाएतका विभिन्न निर्णयहरु भएको नगर सचिव रमेश काफ्लेले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया