Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी रामेछापको साधारण सभा

नेपाल अभियान नेपाल अभियान
३१ जेष्ठ २०८०, बुधबार
in समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,३१ जेठ । प्रेस चौतारी नेपाल रामेछापले आफ्नो १३ औँ वार्षिक साधारण सभा मंगलवार मन्थलीमा सम्पन्न गरेको छ । चौतारीले विभिन्न सात बुँदे मन्थली घोषणापत्र जारी गर्दै आफ्नो साधारण सभा सम्पन्न गरेको हो ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले साधारण सभाको उद्घाटन गर्दै नेपालको पत्रकारिताको ईतिहासमा प्रेस चौतारीले पुर्याएको योगदानको चर्चा गर्दै नेपाल पत्रकार महासंघले सुरु गरेको पत्रकार शुद्धिकरण अभियानलाई पनि आफनो संगठनले सफल पारेरै छाड्ने दावी गर्नुभयो ।
उहाँले एकै ब्यक्ती सरकारी जागिरे ,शिक्षक,राजनितिज्ञ र पत्रकार भएर काम गर्दा सम्बन्धित कार्य क्षेत्रमा काम चोर प्रवृत्ति हावी भएको भन्दै यसरी विकृत बनेको क्षेत्रलाई सदस्यता शुद्धिकरण अभियानले निस्तेज पार्ने धारणा राख्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष बस्नेतले अहिले नेपाल पत्रकार महासंघका केही जिल्ला शाखाहरुले सदस्यता शुद्धिकरणको नाममा एकलौटि गरेको सिफारीरले आफुलाई लज्जित बनाएको भन्दै यस खालका गतिविधिलाई सबै संगठनहरुको साझा प्रयासमा केन्द्रीय कार्य समितिले किनारा लगाउने दावी गर्नुभयो ।
संस्थाका जिल्ला अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा भएको बार्षिक साधारणसभामा नेकपा एमाले रामेछापका अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठले प्रेस चौतारी नेपालले पत्रकारीता र परिवर्तनका क्षेत्रमा पुर्याएको योगदानको बारेमा चर्चा गर्नुभयो ।
मन्थली घोषणापत्र जारी गर्दै सम्पन्न भएको साधारण सभाले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई स्वागत गरेको छ । पत्रकार महासंघ सदस्यता शुद्धीकरण मापदण्ड–२०७९ अक्षरशः निर्मम ढङ्गले कार्यान्वयन गर्नुपर्ने लगाएतका मागहरु घोषणा पत्रमा समावेस गरिएका छन् ।
अनुगमन कार्यमा संलग्न नगराइएको प्रति आपत्ति जनाउँदै स्थानीय सरकारहरूलाई थप उत्तरदायी जिम्मेवार र पारदर्शी बन्नका लागि पनि सभाले माग गरेको छ । पत्रकारको न्यूनतम पारिश्रमिक बढ्ने चर्चा चल्ने बित्तिकै देशका ठूला भनिएका मिडिया हाउस तथा अन्य सञ्चार गृहले पत्रकारको रोजगारीमा कटौती गर्ने तथा थप काम थोपर्ने गरेको प्रति आपत्ति जनाउँदै यस्ता खालका गतिविधि तत्काल बन्द गर्नका लागि पनि सभाले सम्बन्धित निकायलाई सचेत गराएको छ ।
त्यसैगरी घोेषणा पत्रमा वर्षा याम सुरु भएसँगै बाढी, पहिरो, डुबान लगायतका विपद्का घटना बढ्दै जाने भएकाले तीनै तहका सरकारलाई यसको तयारी गरी जनताको रक्षा र सूचित गराउन पनि माग गरिएको छ ।

Share10Tweet6Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३१ जेष्ठ २०८०, बुधबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३१ जेष्ठ २०८०, बुधबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३१ जेष्ठ २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३१ जेष्ठ २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३१ जेष्ठ २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३१ जेष्ठ २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero