Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ओख्रेनीमा पहिलो पटक सार्वजनिक सुनुवाई

नेपाल अभियान नेपाल अभियान
२ असार २०८०, शनिबार
in समाचार, समाज, स्थानीय सरकार
0
94
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२ असार । रामेछाप नगरपालिका वडा नं ६ को ओख्रेनीले स्थानीय तहको निर्वाचन पछि पहिलोपटक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडाले नगर प्रमुखलाई प्रमुख अतिथि बनाएर चालु आर्थिक वर्ष २०७९÷८० मा वडा भित्रका विकास निर्माण र सेवा प्रवाहका बारेमा नागरिकहरुको रोहवरमा सार्वजनिक सुनुवाई गरेको हो ।


शनिबार सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका सचिव प्रेम कुमारी पहाडीले जानकारी गराउनुभएको थियो । उहालले वडाले आ ब २०७९÷८० को ६७ लाख ३६ हजार ६ सय बजेटले सबै योजनाका कामहरु पुरा गरेको जानकारी गराउनुभयो । सो अबसरमा उहाले वडाले यो अवधिमा २ लाख ६६ हजार ५ सय ५१ रुपैँया राजश्व संकलन गरेको जानकारी पनि गराउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि एवं रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नगर तथा वडाबाट भैरहेका विकास निर्माणका कामहरुमा सधैँभरी नागरिकहरुले खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाले नागरिकहरुले खबरदारी गरेमा धेरै बिग्रन लागेका कामहरुमा समेत सुधार आएर शुसासनलाई टेवा पुग्ने पनि बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि संचालन गरिने सार्वजनिक सुनुवाइ कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिनका लागि आग्रह गर्नुभयो ।
रामेछाप नगरपालिकाका प्रबक्ता समिर कार्कीले नगरपालिकाले पछिल्लो समय धेरै राम्रा कामहरुको सुरुवात गरेको भन्दै नगरबाट भएका राम्रा र नराम्रा कामहरुको खबरदारी गर्न पनि उहाले सबैलाई आग्रह गर्नुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले शिक्षा,स्वास्थ्य कृषि ,पशुपालन,सडक,खानेपानी लगायत विभिन्न विषयहरुमा रहेर प्रश्न,जिज्ञास र गुनासोहरु राखेका थिए । सहभागीहरुको प्रश्नको जवाफ वडा नं ६ का वडाअध्यक्ष राजेश तामाङले दिनुभएको थियो ।
तामाङले नागरिकहरुको प्रश्नको जवाफ दिदै सार्वजनिक सुनुवाई कार्यक्रममा मात्रै नभएर वडाबाट प्रवाह भैरहेको हरेक कामहरुमा नागरिकहरुले जति बेला र जुनसुकै समयमा पनि सुझाव दिएर वडाका काममा शुसान कायम गर्ने आफ्नोे अभियानमा सघाउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रमका अबसरमा पहिलो पटक वडाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको भन्दै यसलाई हरेक वर्ष निरन्तरता दिन पनि वडा वासिहरुले आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका वडा समिति सचिव मान बहादुर मगर,एमाले वडा कमिटीका सचिव दिल कुमार श्रेष्ठ र माओवादीका वडा कमिटी अध्यक्ष नारायण बाबु श्रेष्ठ लगाएतले वडा कार्यालयले गरेका कामको बारेमा आ–आफ्नो मन्तब्य राख्दै समिक्षा गरेका थिए ।

Share38Tweet24Share7

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२ असार २०८०, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२ असार २०८०, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२ असार २०८०, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२ असार २०८०, शनिबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२ असार २०८०, शनिबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२ असार २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero