Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तीनलाल पर्यटकीय पार्कको नगर प्रमुखद्धारा उद्घाटन

नेपाल अभियान नेपाल अभियान
२८ असार २०८०, बिहीबार
in समाचार, समाज, स्थानीय सरकार
0
62
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२८ असार । मन्थली नगरपालिकाले गौरव र महत्वपूर्ण योजनाका रुपमा उद्घोष गरेको तीनलाल पर्यटकीय पार्कको विधिवत रुपमा हस्तान्तरण तथा उद्घाटन् गरिएको छ ।
संझौता मिति भन्दा ढिलो गरी सकिएको उक्त पार्कको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले विहिवार औपचारीक रुपमा गर्नु भएको हो ।
कार्यक्रमको उद्घाटन संगै नगर प्रमुख लब श्रेष्ठलाई पाँच पोखरी सुवेदी जेभिका प्रोपाईटर सुजन कार्कीले र प्रमुख श्रेष्ठले मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी चापागाँईलाई पार्कको साँचो पनि औपचारीक रुपमा हस्तान्तरण गर्नु भएको थियो ।


पार्कको उद्घाटन् गर्दे नगरप्रमुख श्रेष्ठले नव निर्मित पार्क मन्थली नगरको गौरवको आयोजनका रुपमा रहकोले यसको संचालन ब्यवस्थित रुपमा गर्नुपर्ने चुनौती नगर सँग रहेको बताउनुभयो । उहाँँले उक्त पार्क मन्थली नगरपालिकाले व्यवसायिक प्रयोजनमा लगाउँने जानकारी गराउनु हुदै त्यसका लागि नगरले टेन्डर आह्वान गर्ने पनि बताउनु भयो ।
उहाँले आफु सामाजिक अभियान मार्फत राजनितिमा जोडिएकोले नगरको विकासका लागि आफु ईमान्दार सिपाहीका रुपमा लागि परेको बताउनु भयो । त्यसका लागि उहाँले पूर्व जन प्रतिनिधि र समाजका अन्य पक्षको पनि रचनात्मक र सकरात्मक सहयोगको अपेक्षा गर्नु भयो ।
कार्यक्रमका अवसरमा बोल्द मन्थली नगर पालिकाका निर्वतमान प्रमुख रमेश बस्नेतले आफ्नो कार्यकालमा नगरको गौरवको आयोजनाका रुपमा शुरु गरेको तीन लाल पार्कको समुद्घाटन कार्यक्रममा सहभागि हुन पाउँदा आफुलाई खुसी लागेको बताउनु भयो । उहाँले आफ्नो कार्यकलमा आफनै टिम भित्रका साथीहरुको असहयोगका कारण सोचेजति काम गर्न नसकेको भएपनि टीमको असहयोगका बावजुद पनि राम्रा कामका धेरै प्रयास गरेको पनि वताउनुभयो ।
आफलेु अप्ठेरो अबस्थामा नगर प्रमुखको रुपमा काम सम्मालेको स्मरण गर्दै निर्वतमान मेयर बस्नेतले – आफुले आगामी ४ बर्ष सम्म मन्थलीमानै रहेर नगरको विकास र सम्वृद्धिका लागि वाच डगको भूमिका निर्वाह गर्दै वर्तमान नेतृत्व संग हातेमालो गरेर जान चाहेको पनि बताउनुभयो ।


संझौता मिति भन्दा एक वर्ष ७ महिना ढिलो गरी हस्तान्तरण गरिएको उक्त पार्कको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिता निरौला,मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेत वडा अध्यक्षहरु ,नगरका कर्मचारी,नगर भित्र रहेका राजनितिक दल जिल्ला स्थित सञ्चार माध्यमका प्रतिनिधि हरु समेतको सहभागिता रहेको थियो ।
कार्यक्रमका अबसरमा मन्थली नगरपालिका पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्लीबहादुर अधिकारीले कूल १७ रोपनी जमिनमा फैलिएको सो पार्क भित्र बनेको संरचनाका बारेमा पनि जानकारी गराउनु भएको थियो ।


सो अबसरमा अधिकारीले पार्क भित्र दुई तले प्रशासनिक भवन,४ सय ८ जना क्षमताको सभा हल,महिला,पुरुष वालवालिकाहरुको लागि समेतको तीन वटा स्विमिङ पुल, ७५ देखि एक सय जना क्षमतताको चेन्जिङ्ग रुम तथा स्नान कक्ष समेत रहेको जानकारी गराउनु भएको थियो । उहाँले पार्कमा क्याफ्टेरिया भवन चमेना गृह, टिकट घर तथा शौचालय र बगैँचा पनि निर्माण भएको पनि जानकारी गराउनु भयो ।
मन्थली नगरपालिकाको चार करोड रुपियाँ र सङ्घीय सरकारले दुई करोड ८८ लाख रुपैयाँ लगानीमा उक्त पार्क निर्माण सम्पन्न भएको हा,े पार्क निर्माणको लागि १० करोड रुपैयाँ बजेट स्वीकृत भएको थियो । तर पाँच पोखरी सुवेदी जे भी चाबहिलले ६ करोड ८८ लाख २२ हजार ३ सय ७ रुपैयाँमा कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

Share25Tweet16Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२८ असार २०८०, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२८ असार २०८०, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२८ असार २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ असार २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ असार २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ असार २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero