रामेछाप ,३ साउन । प्राध्यापक एबं साहित्यकार पेशल कुमार आचार्यको बुधवार मन्थलीको देवकोटा चोकमा श्रद्धान्जली सभाको अयोजना गरिएको छ ।

रामेछाप सहयोगी मनहरु (रासम)को अगुवाइमा गरिएको उक्त सभामा मन्थली नगर प्रमुख, सञ्चारकर्मीहरु, सहकारी अभियान्ताहरु र स्थानीय हरुको सहभागिता रहेको थियो ।
लामो समय देखि मन्थली माध्यामिक विद्यालयमा अध्यापनरत आचार्य १ महिना अघि देखि ब्रेन ट्युमर क्यान्सर रोग बाट पिडित थिए ।
उनलाई पछिल्लो समय मेडिसिटि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यस अघि न्यूरो अस्पतालमा ४ पटक सम्म टाउको को शल्यकृया गरिएको थियो । सालिन र भद्र स्वभावका आचार्यले प्राध्यापन सँगै साहित्य क्षेत्रमा पनि उत्तिकै योगदान दिएका थिए । आचार्यका २ छोरी १ छोरा र श्रीमती छन् । २०२३ साल साउन १५ गते सुननसरी मा जन्मिएका आचयार्य को ५७ वर्षको उमेरमा काठमाण्डौमा निधन भएको हो । आचार्यले करिव ३३ बर्ष देखि रामेछापका विभिन्न विद्यालयमा प्रध्यापन गरिरहेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया