
मन्थली,६ भदौ । नेपाल माझी उत्थान संघ रामेछापले जिल्लामा रहेका माझी समुदायहरुलाई संगठित गर्ने आफ्नो अभियान सुरु गरेको छ । जस अन्तर्गत बुधवार मन्थली नगरपालिका भित्र रहेका माझी समुदायमा टोल समिति गरेको हो ।
नेपाल माझी उत्थान संघ जिल्ला जिल्ला शाखा रामेछापका बरिष्ठ उपाध्यक्ष मनोज माझीको अध्यक्षतामा मन्थलीमा र सचिब मन्जु माझीको अध्यक्षतामा हात्तिटार र समसानटारमा छुट्टा छुट्टै समिति गठन गरिएको र यो अभियान जिल्लाभर सञ्चालन हुने बालकृष्ण माझीले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया