मन्थली,११ भदौ । गौ हत्या र धर्म परिवर्तन जस्ता अवाञ्छित क्रियाकलाप बन्द गर्नुपर्ने माग राख्दै विश्व हिन्दु महासंघ तथा ॐ कार परिवार रामेछापले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

सोमवार राष्ट्रिय झण्डा सहित शंख, घन्ट बजाउदै मन्थलीकोे देवकोटा चोक वाट निस्केको रयालीले जिल्ला प्रशासन कार्यालय रामेछापमा पुगेर ज्ञापन पत्र वुझाएको हो ।
ज्ञपन पत्रमा पछिल्लो समयमा धरानमा बालगोपाल मन्दिर नजिकै छलकपट गरी स्थानीयलाई प्रलोभनमा पारी चर्च बनाएर सनातनीहरुलाई मर्माहत बनाएको विषय सेलाउन नपाउँदै दिन दहाडै गाई र गोरुको हत्या गरी खुलेआम माम्स भागबण्डा गरी खाए खुवाएको घटनाले सरोकार वाला सबैलाई स्तब्ध वनाएको कुरा उल्लेख गरिको छ ।
महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र शर्मा द्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा यो पूर्णतः संविधान विपरित, संस्कृति बिरोधी र धार्मिक सद्भाव बिरोधी कर्म भएकाले यस्ता कार्यको घोर भर्सना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरीन नदिन र दोषीलाई कार्वाहि गर्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले महासंघले दिएको ज्ञापन पत्र सम्बन्धित निकायमा पठाईदिने बताउनुभयो ।
बिश्व हिन्दु महासंघ केन्द्रीय समितिले सोमवार देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा उक्त मागहरुसहितको ज्ञापान पत्र बुझाउने कार्यक्रम राखेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया