मन्थली,१२ भदौ । रामेछापको मन्थलीका ६ जना खेलाडीले अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो (कोरियन ‘एम्बेस्टर’) मा प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि खेलाडीहरू निरन्तर अभ्यासमा रहेको रामेछाप तेक्वादो संघका जिल्ला सचिव तथा मन्थली तेक्वान्दो संघका प्रमुख देवेन्द्र श्रेष्ठले बताउनुभयो ।
उक्त प्रयोगयतामा जिल्लाको मन्थली तेक्वान्दो डोजाङ्गबाट विभिन्न तौल समूहका ६ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
नेपाल स्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघले यही भदौ २६ गते देखि ३१ गते सम्म ११ औं कोरियन एम्बेस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै छ ।
यो प्रतियोगिता सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको आफ्नै भवनको हलमा हुने जनाइएको छ ।
पाँच दिन सम्म चल्ने यो प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल तेक्वान्दो संघमा आबद्ध रहेका देशभरीका तेक्वान्दो तालिम केन्द्रका खेलाडीहरु सहित विभिन्न देशका खेलाडीहरू गरी करिब २ हजार खेलाडीहरुले सहभागिता जनाउँदै छन् ।
यो बारेमा तपाईको प्रतिकृया