रामेछाप ,१ असोज । रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा न २ दिमिपोखरी गाल्पा मा रहेको २ रोपनी जग्गा कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पताल बनाउनका निशुल्क जग्गा दान गरिएको छ ।
मोहन कुमार तमाङ र शम्भु तामाङ ले सम्युक्तरुपमा जग्गाको लालपुर्जा स्थानीय डाक्टर दिल बहादुर तमाङ लाई मालपोत कार्यलय मन्थली मा लालपुर्जा हस्तान्तरण गर्नु भएको हो ।
खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाँउपालिकाको केन्द्र मा पर्ने यो गाल्पा वजारमा अस्पताल स्थापना गरी गुणस्तरीय उपचार सेवा प्रवाह गर्ने वटा पालिका को केन्द्रमा रहेको गाल्पा बजारमा स्थापना भएको यो अस्पताल ले गुणस्तरीय सेवा दिने डाक्टर दिल बहादुर तमाङले बताउनुभयो ।
रामेछाप जिल्लाको दुर्गम ठाउमा घर भएका कारण आफ्नी आमा ले स्वास्थ सेवा नपाएर अकालमा मृत्युवरण गर्नु परको कारण उहाको सम्झनमा यहाका स्थानीयले गुणस्तरीय सेवा प्राप्त गरुन भन्ने उद्धेश्यका साथ आफुले सामुदायिक असपताल स्थापना गर्न लागेको डाक्टर तामाङले बताउनुभयो । उक्त जग्गाको बजार मूल्य ५० लाख भन्दा बढि रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया