मन्थली,३० असोज । नेपाल विद्यार्थी संघ रामेछापले बागमती प्रदेश स्तरीय खुल्लापुरुष भलिवल प्रतियोगिता,नेविसंघ कप –२०८० को उपाधि धादिङ ले जितेको छ ।
मंगलवार सम्पन्न फाइनल खेलमा धादिङले रामेछापलाई २२–२५, २५–२२,२५–१४,२३–२५ र १५–१२ ले जितेको हो ।

तृतिय स्थानका लागि ललितपुर र नुवाकोट विच भएको खेलमा नुवाकोटले ललितपुरलाई २५–१७,२५–१७ ,२५–२३ ले जितेको छ । आइतवार देखि मन्थलीमा सुरु भएको उक्त खेललमा वागमती प्रदेशका १० जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो । ३ दिन सम्म चलेको उक्त खेलको उद्घाटन वागमती प्रदेशका नेपाली काँग्रेसका संसदिय दलका नेता एबं आर्थिक मामिला तथा योजना मन्त्री वहादुर सिं लामाले गर्नु भएको थियो ।
प्रथम,द्वितिय,तृतिय र सान्त्वना हुने जिल्लाका खेलाडिहरुलाई लाई क्रमशः नगद रु २ लाख, १ लाख ५० हजार, १ लाख र ५० हजार सहित शिल्ड ,मेडल र प्रमाणपत्र बितरण गरिएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया