Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रदेश प्रहरी ऐन चाडै कार्यान्वयनमा ल्याउछौ –मन्त्री श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
२० कार्तिक २०८०, सोमबार
in समाचार, समाज
0
37
SHARES
Share on FacebookShare on Twitter


खाँडादेवी (रामेछाप),२० कार्तिक । बागमती प्रदेशका अान्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले प्रदेश प्रहरी ऐन चाडैनै कार्यान्वयनमा ल्याई प्रहरीहरुको समायोजन गर्ने बताउनुभएको छ । सो कुरा उहाँले सुनापाति गाँउपालिकामा नव निर्मित इलाका प्रहरी कार्यालय बेथान र खाँडादेवी गाँउपालिकाको माकादुममा नव निर्मित इलाका प्रहरी कार्यालय चोप्राङको उद्घाटन गर्दै बताउनुभएको हो ।


उहाले बागमती प्रदेश शाान्ति सुरक्षा, अमन चयन, गर्ने कुरामा सधै प्रतिबद्ध रहेको भन्दै मुलुकमा संबिधान संसोधन र संघिय गणतन्त्र प्रातिका लागि भएको जनयुद्धका वेला पहिलोपटक दोहोरो युद्ध भएको ऐतिहासिक स्थल बेथानमा प्रहरी चौकी स्थापनागर्न आबश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सो अवसरमा उहाले जिल्लाको खाँडादेवी गाउपालिकामा नव निर्मित इलाका प्रहरी कार्यालय चोप्राङ र सुनापाति गाँउपालिकामा नव निर्मित इलाका प्रहरी कार्यालय बेथानको छुट्टा छुट्टै उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमका अबसरमा बोल्दै मन्त्री श्रेष्ठले वागमती प्रदेश प्रहरी सुक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाइ काम गर्ने योजनामा रहेको बताउनुभयो । उहाले लामो समय देखि प्रहरीहरुको समायोजन हुन नसकेको भन्दै अब छिट्टैनै समायोजनको काम सुरु हुने पनि बताउनुभयो । उहाले नागरिकहरु बिना वर्दिका प्रहरी र प्रहरी बर्दिका नागरिक भएकाले प्रहरीको हरेक काममा स्थानीय नागरिकले सहयोग गर्नुपर्ने कुरालाई जोड दिनुभयो ।
सो अबसरमा बोल्दै बागमती प्रदेश सांसद युवराज चौलागाँई, आनन्द श्रेष्ठ,बागमती प्रदेश प्रहरी प्रमुख किरण राणा,प्रमुख जिल्ला अधिकारी अनिता निरौला,सुनापति र खाँडादेवी गाँउपालिकाका अध्यक्षहरु क्रमशः ठुलो कान्छा तामाङ, ज्ञान कुमार श्रेष्ठ लगाएतले प्रहरीले खेलेको भुमिकाको वारेमा चर्चा गर्नुभएको थियो ।
उक्त भवनहरु मध्ये खाँडादेवी गाँउपालिका मा निर्मित इलाका प्रहरी कार्यालय चोप्राङ को साढे दुइ तले भवन खानी छायाश्वरी जे भि ले कुल ४ करोड ६१ लाख ६८ हजार ८६ रुपैयाको लागमता निर्माण गरेको थियो भने सुनापति गाँउपालिकामा नव निर्मित इलाका प्रहरी कार्यालय बेथानको भवन पनि सोही निर्माण कम्पनीले ४ करोड ६१ लाख ६८ हजार ८६ रुपैयाको लागतमा निर्माण गरेको थियो ।

दुवै कार्यालय भवनको भुई तलामा कार्यालय कक्ष ४ वटा, पुरुष र महिला हिरासत कक्ष १÷१ वटा, गार्ड रुम १, पहिलो तलामा जुनियर प्रहरी ब्यारेक १ प्र ज ,प्र ह ब्यारेक १ र महिला ब्यारेक १ रहेको छ भने दोस्रो तलामा कार्यालय प्रमुख निवास १, किचेन र डाइनिङ हल १ सञ्चार कक्ष १ रहेका छ । त्यसैगरी छुट्टै भान्साघर, महिला पुरुष शौचालय र प्रतिक्षालय समेत निर्माण गरिएको छ ।


कार्यक्रमका अबसरमा निःशुल्क जग्गादाता, निर्माण कम्पनीका प्रतिनिधिहरु र भवन निर्माणमा उल्लेख्य सहयोग पुर्याउने प्रहरी अधिकृत एबं कर्मचारीहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

Share15Tweet9Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२० कार्तिक २०८०, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२० कार्तिक २०८०, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२० कार्तिक २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२० कार्तिक २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२० कार्तिक २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२० कार्तिक २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero