रामेछाप,२५ कात्तिक– नेपाली रुपैयाँ दिएर अमेरिकी डलर साट्ने क्रममा दैलेखका एक जना ब्यक्ति ठगिएका छन् ।
शनिबार रामेछापको राकाथुममा डलर साट्ने क्रममा दैलेख जिल्लाको ठाँडीकाद गाँउपालिका वडा नं ४ का प्रदिप कठायत ठगिएका हुन् । । खाँडादेवी १ राकाथुमका दलवाहादुर लामा र उनका साथी ठगिएका हुन् ।
खाँडादेवी गाउपालिका वडा नं –१ का दलबहादुर लामा र उनका साथीको मिलेमतोमा १ हजार अमेरिकी डलरमा नेपाली १ लाख रुपैया दिने भन्दै दैलेख का कठायत ठगीएका हुन् ।
दैलेख देखि डलर साट्न रामेछाप आईपुग्नु भएका कठायत ५ लाख ठगीमा परेको जिल्ला प्रहरी कार्यालय रामेछापकाले जनाएको छ ।
कठायतलाई ६ हजार अमेरिकी डलर दिएर ५ लाख नेपाली रकम लिएर लामा फरार भएका थिए । ठगी गरेर फरार भएका लामाले डलर भनेर नेपाली २० रुपैयाँको मुठो बनाई तलमाथि डलर राखेर बाँधेर दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।
राकाथुमको खैरेनीघाट नजिक जंगलमा डलर साट्ने क्रममा लामाले पैसाको पोका अहिले नखोल्न अनुरोध गरेपछि उक्त पैसाको पोको लिएर कठायत हिँडेको थिए । सो क्रममा कठायतले बाटोमा डलरको पोका खोलेर हेर्दा पोकोमा डरलको बिचमा नेपाली २० रुपैया राखेर बाधिएको देखेपछि आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएको प्रहरीले जनाएको छ । ठगीमा संलग्न लामा र उनका साथीको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक पराजुलीले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया