काठमाण्डौ,४ मङ्सिर । वाल दुर्ब्यवहार बिरुद्धको बिश्व दिवस र अन्तराष्ट्रिय वाल अधिकार दिवस सोमवार सिविस, स्तन्त्रता अभियान , रक्षा नेपाल लगाएतका बिभिन्न ४५ वटा संस्थाहरुले बिभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएका छन् । सो अबसरमा ¥याली, प्रवचन र सडक नाटक प्रस्तुत गरिएको थियो ।

वाल अधिकार सँग सम्बन्धित विभिन्न नाराहरु लेखिएको प्लेकार्ड सहितको भद्रकाली बाट सुरु भएको ¥याली रत्नपार्कस्थित शान्ति बाटिका मा पुगी कोण सभापमा परिणत भएको थियो ।
कोण सभामा एन ए सि जी का अध्यक्ष किरण थापा, सिविसका सल्लाहकार युवराज घिमिरे लगाएतले कोण सभालाई सम्बोधन गर्दै राज्यले हाल सम्म वाल अधिकार अझै शुनिश्चित गर्न नसेकोले कवालअधिकार संरक्षणका लागि अझै खवरदारी नपुगको वताउनुभयो ।

सो अबसरमा शैली थ्रीएटरका कलाकारहरुले वालअधिकार सँग सम्बन्धित चेतनामुलक सडक नाटक समेत प्रदर्शन गनुका साथै जाजरकोटमा भर्खरै गएको भुकम्पमा परी ज्यान गुमाएका वालवालिकाहरुको संझनामा मौन धारण समेत गरिएको सिविसका परियोजना संयोजक उमंग मैनालीले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया