काठमाण्डौ, ५ मंङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकास गर्ने बताउनु भएको छ ।

सो कुरा उहाले करेन्ट मिडियासँगको सहकार्यमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघले काठमाण्डौको भृकुटिमण्डपमा आयोजना गरेको “दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३” को उद्घाटन गर्दै बताउनु भएको हो ।
उहाले पुस्तक नीतिका वारेमा संसदमा चाडैनै छलफल भएर टुंगोमा पुग्ने तयारी भैरहको भन्दै छिमेकी मित्र राष्ट भारत र चिन सरकारका प्रतिनिधिहरुको उपस्थिति प्रति खुसी ब्यक्त गर्नु भयो ।

नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायीमहासंघका अध्यक्ष सञ्जय चौधरीको अध्यक्षतामा उक्त प्रदर्शनीको उद्घाटन समारोह सम्पन्न भएको थियो ।
पुस्तक प्रदर्शनी भएकाले आयोजकले प्रधानमन्त्री दाहाललाई मायाको चिनो स्वरुप पनि पुस्तकहरु नै प्रदान गरेको थियो ।
प्रदर्शनीमा राखिएका नेपाल,भारत र चिनमा उत्पादिन पुस्तक तथा स्टेसनरी सामाग्री एबं शैक्षिक सामाग्रीहरु प्रधानमन्त्रीले अवलोकन गर्नु भएको थियो ।

सोहि अबसर पारेर ६ गते बुधवार पठन सस्कृतिको विकासमा स्थानीय सरकारको भुमिका बिषयक अन्तर सम्बाद कार्यक्रम सम्पन्न गर्ने आयोजकले जनाएको छ । अन्तर सम्बादमा पोखरा महानगरपालिकाका र ललितपुर महानगरपालिकाका नगर प्रमुखहरु क्रमश धनराज आचार्य र चिरीवावु महर्जन एबं कञ्चन गाँउपालिका रुपन्देहिका अध्यक्ष नवराज ढकाल सँग अन्तर सम्बाद गर्ने कार्यक्रम तय भएको महासंघका महासचिब शिव शागर शर्माले जानकारी दिनुभयो । प्रदर्शनी ९ गते सम्म चल्ने बताइएको छ ।
यो बारेमा तपाईको प्रतिकृया