मन्थली, २० मंसिर । आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले संघिय सरकाले आफुहरुलाई बुख्याचा वनाएको आरोप लगाउनु भएको छ ।
मन्त्री श्रेष्ठले संघिय सरकारले प्रदेश सरकारका मन्त्री र सांसदहरुलाई खेतवारीमा चरा धपाउन राखेको बुख्याचा जस्तो वनाएको र चारै हातगोडा बाधेर दौड प्रतिस्पर्धामा भाग लिन पठाएको जस्तो भएको आरोप लगाउनुभएको हो ।
बागमती प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्रालयले रामेछापको मन्थलीमा आयोजना गरेको आत्महत्या न्यूनिकरण, मनोरोग रोकथाम र तनाव ब्यवस्थापन सम्बन्धी कार्यक्रलाई सम्बोधन गर्न मन्थली आइपुग्नु भएका श्रेष्ठले पत्रकारहरुसँगको छुट्टै साक्षात्कार कार्यक्रमका अबसरमा सो कुरा वताउनुभएको हो ।
कार्यक्रमका अबसरमा उहाले प्रदेश सरकारले कानून नवनाइदिएर, जनशक्ति ब्यवस्थापन नगरिदिएर र भौतिक पुर्वाधारहरु निर्माण नगरिदिएर प्रदेशमा पर्याप्त काम गर्न कठिनाइ भैरहेको बताउनुभयो ।
उहाले संघियमन्त्रलयहरुमा १० बजे आएर हाजिर गर्ने दिनभर घाम तापेर फर्कने कर्मचारी हरु पर्याप्त भएको तर प्रदेश मन्त्रालयहरुमा दरवन्दि अनुसारको कर्मचारी नहँुदा दैनिक रुपमा गरिने कामहरुमा समेत समस्या भएको बताउनुभयो ।
संबिधान प्रदत्त अधिकार प्राप्तिका लागि सडक आन्दोलन गर्न पनि पछि नपर्ने भन्दै आफ्नो प्रदेशले संघिय सरकाको विरुद्धमा यातायात सँग सम्बन्धित विषमा अदालतमा मुुद्धा दायर गर्नु रहर नभएर बाध्यता भएको बताउनुभयो । उहाँले यस अघि सात वटै प्रदेशका मन्त्रीहरुको संयुक्त हस्ताक्षर सहित छिट्टै कानुन वनाएर पठाउनुपर्ने, प्रहरी एबं अन्य निजामती कर्मचारीहरुको समायोजन गरिनुपर्ने आबश्यक स्थानमा भौतिक पुर्वाधारहरु निर्माण गरिनुपर्ने लगाएतका विभिन्न मागहरु राखी प्रधानमन्त्री र गृह मन्त्रीलाई ध्यानाकर्षण पत्र आफुहरुले बुझाएको भएपनि ती मागहरु पुराहुनेमा आफु बिश्वस्त नभएको पनि बताउनभयो । उहाले गणतन्त्रको संस्थागत विकासका लागि र संबिधान प्रदत्त अधिकार प्राप्तिका लागि संघिय सरकाका विरुद्ध माइतिघर मण्डलामा जस्तोसुकै आन्दोलन गर्नुपरेपनि आफुपछि नहटने बताउनुभयो ।
प्रदेशमा भएगरेका बिकास निर्माणका कामहरुको अबस्था र दुर्गा प्रसाइको आन्दोलका वारेमा पत्रकाहरुले राखेको जिज्ञासामा प्रदेशमा शिक्षा,स्वास्थ्य, सडक, खानेपानी लगाएतका केहि कार्यक्रमहरु भएको तर ति पनि पर्याप्त हुनका लागि संघिय सरकारवाट सहयोग प्राप्त नभएको बताउनुुभयो । दुर्गा प्रसाईको आन्दोलनका वारेमा बोल्दै उहाले राजा फर्काउन, बैकको ऋण नतिर्ने एजेन्डा कुनै हातलमा पनि पुरा नहुने भन्दै उक्त बेतुकको एजेन्डाको पछाडि नलाग्न सबैलाई मन्त्री श्रेष्ठले अनुरोध गर्नु भएको थियो । उहाले यसरी धमिलो पानीमा माछामार्ने शक्तिहरु भित्रिदै गरेको वर्तमान अबस्थामा र संघिय सरकारले छेक्नुपर्ने मा चलखेल गर्ने स्थान दिएको प्रति पनि चिन्ता ब्यक्त गनुभयो ।

यसै बिच उहाले आत्महत्या न्यूनिकरण, मनोरोग रोकथाम र तनाव ब्यवस्थापन सम्बन्धी कार्यक्रमा सम्बोधन गर्दै हरेक स्थानीय तहमा मनोपरामर्शदाता राख्नु पर्ने कुरालाई जोड दिनुभयो ।
सो कार्यक्रमका लागि स्थानीय तहले पनि बजेट विनियोजन गर्नुपर्न र आफ्नो मन्त्रालयमार्फत पनि बजेट पठाउन आफु तयार रहेको बताउनुभयो ।
उहाले मनोपरार्शदातालाई हरेक स्थानीय तहले राख्ने हो भने आत्महत्यामा कमी भइ तनाब ब्यवस्थान गर्न समेत सहजता हुने बताउनुभयो ।
कार्यक्रमका अबसरमा वोल्दै उहाले आफ्नो मन्त्रालयले मनोरोग न्यूनिकरण, आत्महत्या न्यूनिकरण, युवा जनचेताना सँग सम्वन्धित र विपद ब्यवस्थापन सँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आइरहेकोले मुख्य रोगका रुपमा रहेको मनोरोग नियन्त्रणका लगि स्थानीय तहलाई समन्वयात्मक रुपमा परिचालन गर्न सके बढि परिणाम प्राप्तहुने कुरालाई पनि जोड दिनुभयो ।
कार्यक्रमका अबसरमा जसले जनचेता फैलाउछ उसलाई वा उसको संस्थालाई प्रशिक्षित गरर्नुपर्ने भन्दै आगामी दिनमा आत्महत्यालाई घटाउन र तनाव ब्यवस्थापन गर्न पनि सबैलाई अनुरोध गर्नुभयो ।

सो अबसरमा रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले तनाव ब्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रमका सहभागि (मन्त्री सहित) सबैलाई प्रयोगात्मक अभ्यास समेत गराउनु भएको थियो । उहाले बिगतको शोकलाई बिर्सने र भविश्यको सुर्ता नलिने हो भने तनाव त्यसै कम भएर जाने बताउनुभयो । उहाले “सरकारी काम कैले जाला घाम भन्ने” उखानलाई उल्टाएर सबै सरकारी कर्मचारीहरुले “कर्म नै धर्म हो ” भन्ने मुल मर्मलाई आत्मसाथ गरी हरेक दिन काम गर्नाले तनाब आधा घटेर जाने बताउनुभयो ।

त्यसैगरी उक्त मन्त्रालयका महाशाखा प्रमुख दिपक न्यौपानेले तनाव ब्यवस्थापनका बिषयमा प्रस्तुती गर्नु भएको थियो भने बागमती प्रदेशको आत्महत्याको अबस्था र त्यसको न्यूनिकरण का उपायहरुका बारेमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख एबं प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै बागमती प्रदेशमा पछिल्लो ३ आर्थिक वर्षमा कुल २७७८ जनाले आत्महत्या गरेको जानकारी गराउनु भएको थियो ।
सोहि अबसरमा मन्थली अस्पतालका डा.समीर क्षेत्रीले पनि आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अस्पतालमा आउने मनोगरोगीहरुको अबस्था र उनीहरुलाई गरिएको काउन्सिलिङका वारेमा जानकारी गाउनुभएको थियो ।
मन्थली नगरपालिकाको हलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रम मन्त्रालयका सचिब ध्रुव गैडाको अध्यक्षतामा भएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया