मन्थली,३० मंसिर । शिक्षक परोपकार वचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७९ ÷८० मा ४ लाख १ हजार ८ सय ८५ रुपैया नाफा कमाएको छ ।

शनिवार मन्थलीमा सम्पन्न संस्थाको बाहै साधारण सभाका अबसरमा कोषाध्यक्ष रामकुमार सुबेदीले आर्थिक प्रतिवेदन पेश गर्दै सो कुराको जानकारी गराउनु भएको हो । उहाले गत आर्थिक वर्षमा १० लाख ८२ हजार ३ सय २३ रुपैया वरावरको आम्दानी र खर्चको विवरण समेत प्रस्तुत गर्नु भएको थियो ।
सो अबरमा संस्थाकी सचिब कमला थापाले आफ्नो सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा ४१६ जना शिक्षक शेयर सदस्य रहेको मा आगामी बर्ष ५ सय शेयर सदस्य बनाउने लक्ष रहेको भन्दै आगामी वर्षको निति तथा कार्यक्रम पास गर्न अनुरोध गर्नु भएको थियो ।
संस्थामा सदस्य वन्ने शिक्षकहरुले रु ३ हजारको ३० कित्ता शेयर खरिद गर्नुपर्ने र प्रत्येक चौमासिकमा रु २ हजार नियमित बचत गर्नुपर्ने प्राबधान रहेको पनि सचिब थापाले बताउनुभयो ।
संस्थाका अध्यक्ष लक्षण कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहाल ले गर्नु भएको थियो ।
कार्यक्रमका अबसरमा बोल्दै उहाले जिल्लामा शिक्षकहरुको २ वटा छुट्टा छुटै सहकारी संस्था भएकोले तिनीहरुलाई मर्च गरेर एउटै बनाउन अनुरोध गर्नुभयो ।
सो अबसरमा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे, शिक्षक संघ रामेछापका अध्यक्ष रामकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष नवराज घिमिरे, भूपु सैनिक वचतका अध्यक्ष केशव प्रसाद घिमिरे,मन्थली मावि का प्र अ टंक प्रसाद दाहाल लगाएतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमका अबसरमा असल ऋणीको तर्फबाट शेयर सदस्यहरु क्रमश मोतिलाल लामा, नरदेवी थापा र युद्ध बहादुर जोगी एबं असल बचत कर्ताका तर्फबाट मेघ प्रसाद भट्टराई,टंकराज सुबेदी र अन्जु घिमिरे सुबेदी लाई सम्मान गरिएको थियो ।
कार्यक्रमको बन्द सत्रले आर्थिक तथा सांगठनिक प्रतिवेदन समेत पास गरेको थियो ।












यो बारेमा तपाईको प्रतिकृया