
मन्थली,२४पुष । रामेछापमा सम्पन्न ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ ।

मन्थली नगरपालिकाले २५ स्वर्ण पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
४ दिन सम्म रामेछापको उमाकुण्ड गाँउपालिको च्यादलुमा सञ्चालन भएको उक्त खेलमा द्वितिय तृतिय क्रमश उमाकुण्ड गाँउपालिका र रामेछाप नगरपलिका ले जितेको हो
आठ वटा पालिका सहभागि रहेको उक्त खेलमा ति पालिका अन्तर्गतका स्थानीय तहका ८६६ छात्रा छात्रले विभिन्न विधामा भाग लिएका थिए ।
प्रतियोगितामा भाग लिइ उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरूलाई आयोजक जिल्ला खेलकुद विकास समिति र सह–आयोजक उमाकुण्ड गाउँपालिका सहित प्रशिक्षक, प्राविधिकहरूले उनीहरूले प्रदर्शन गरेको खेलको आधारमा एक दर्जन भन्दा बढि खेलाडीहरुलाई उत्कृष्ठ खेलाडी घोषित गरिएको थियो ।
प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते, उसु, एथलेटिक्स, कबड्डी, हाइ जम्प लम्जम्प, मार्सल आर्ट,भलिवल, लगायतका विधामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरू उत्कृष्ठ घोषित हुँदै पुरस्कृत भएका हुन ।
उत्कृष्ठ खेलाडीलाई ट्रफि र नगदले वागमति प्रदेश सांसद आनन्द कुमार श्रेष्ठ र उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले सम्मान एवं पुरस्कृत बितरण गर्नुभएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया