मन्थली,२६ पुष । मन्थली नगरपालिकाले वुधवार सम्पन्न आफ्नो नगर सभाको १४औं अधिवेशन वाट भएका निर्णय विहिवार सर्वजनिक गरेको छ ।
नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्छले एक कार्यक्रमका विच निर्णय सार्वजनिक गर्नु भएको हो ।
सार्वजनिक गरिएको निर्णय अनुसार नगर सभाको उद्घाटन सत्रमा नगर प्रमुख वाट प्रस्तुत गतिविधि पास गरिएको, न्यायिक समितिका संयोजक वाट प्रस्तुत भएको प्रतिवेदन छलफल भई स्वीकृत भएको, वडाको सिलिङमा स्वीकृत पूँजीगत कार्यक्रम वडा समितिको निर्णय सहित संसोधन का लागि प्रस्ताव भएका पँुजिगत कार्यक्रमहरु स्वीकृत भएको लगाएतका रहेका छन् । त्यसैगरी गौरवको रुपमा अगाडि बढाइ सञ्चालनमा रहेको १५ बेडको मन्थली नगर अस्पताललाई स्तरोन्नती गरी प्रदेशिक अस्पताको रुपमा स्थापना गरिएको, वागमती प्रदेश सरका र नगरपालिकाको ६०÷४० साझेदारीमा निर्माण सम्पन्न हुन गइरहेको कृषि उपज चिस्यान केन्द्रलाई ६०÷४० कै लागत साझेदारीमा सञ्चालन गर्न वागमती प्रदेश सरकार समक्ष पुन अनुरोध भएको लगाएतका निर्णयहरु सार्वजनिक गरिएको थियो ।












यो बारेमा तपाईको प्रतिकृया