
मन्थली,२७ पुष । ३०२ औं पृथ्वी जयन्ती एबं राष्ट्रिय एकता दिवस आज शुक्रवार विबिध कार्यक्रमका साथ मनाइएको छ ।
सो अबसरमा राष्ट्रिय प्रजातन्त्र पार्टि रामेछापले प्रभात फेरी, माल्यार्पण तथा प्रवचन कार्यक्रमको आयोजना गरेको थियो ।
राप्रपाका जिल्ला अध्यक्ष भरत वाइवाको अध्यक्षता एबं केन्द्रीय सदस्य राजन खतिवडाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अवरमा सहभागिहरुल्े पृथ्वी नारायण शाहाको तस्वीरमा माल्यार्पण गर्नुका साथै कार्यक्रमका प्रमुख अथिथि खतिवडा, जिल्ला पार्टि सदस्य सिताराम ढकाल, उपाध्यक्ष शिवजी घिमिरे, कार्यक्रमको अध्यक्ष भरत वाइवा लगाएले बोल्दै पृथ्वी नारायण शाहाले नेपालको एकिकरण देखि मुलुकलाई चार जात छत्तिस वर्णमा विभाजन गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उहाहरुले मुलुक ठुला दलहरुले सखाक पारिसकेको आरोप लगाउदै अब राजा फर्काएर मात्र देशलाई समुन्नत बनाउन सकिने कुरालाई जोड दिनुभएको थियो ।
कार्यक्रममा राप्रपाका जिल्ला तह र पालिका तहका नेता तथा कार्यकर्ताहरु एबं पार्टिका प्रदेश समितिका सहसचिब किरण ढुंगेल लगाएतको सहभागिता रहेको थियो ।












यो बारेमा तपाईको प्रतिकृया