मन्थली,६ माघ । नेपाल योग खेलकुद संघ (Nepal Yoga Sports Association) गठनका लागि शुक्रवार बसेकाे भेलाले डा.भरत कुमार श्रेष्ठकाे अध्यक्षतामा जिल्ला कार्य समिति रामेछाप गठन गरेकाे छ । नेपाल योग खेलकुद संघका केन्द्रीय अध्यक्ष प्रा.डा. सूर्यबहादुर कार्की, नेपाल योग खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष पर्शुराम आचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घागा मगर, खेलकुद विकास प्रमुख विष्णुकुमार श्रेष्ठ, योग तथा खेलकुद सँग सरोकार वाला ब्यक्तिहरूकाे उपस्थितिमा नेपाल योग खेलकुद संघ (Nepal Yoga Sports Association) रामेछाप जिल्ला कार्य समिति गठन गरिएको हो । सो कार्य समितिमा उपाध्यक्ष द्वय, उपाध्यक्षद्धय चन्द्रसिंह धामी, सीता श्रेष्ठ, सचिव केशव तिमल्सिना, सहसचिव पार्वती कडरिया, कोषाध्यक्ष शंकर थापा सदस्यहरुमा जगन्नाथ दाहाल, अमृत थोकर, द्रोणप्रसाद घिमिरे, श्यामकुमार श्रेष्ठ, दीपककुमार कार्की, श्रीबहादुर माझी, भुमबहादुर बुढाथोकी, राम पाण्डे गायत रहनु भएकाे छ । भेलाले बागमती प्रदेशका लागि जगन्नाथ दाहाल र अमृत थोकरलाई प्रतिनिधि समेत तोकेको छ ।
राष्ट्रिय खेलकुद परिषद अन्तर्गत गठित यस संघको योग खेल प्रति सर्वसाधारणको रुचि अभिबृद्धि गरी स्थानीय तहसम्म योग खेलकुलको तालिम दिई प्रशिक्षकहरु तयार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योग खेलको विकास गर्ने याेजना रहेकाे छ ।
नव गठित समितिले ३ महिना भित्र रामेछाप जिल्लाका सबै स्थानीय तहमा पालिका स्तरिय याेग खेलकुद संघ गठन गर्ने नव निर्वाचित अध्यक्ष डा. श्रेष्ठ ले बताउनु भयाे ।












यो बारेमा तपाईको प्रतिकृया