१९ भदौ, २०७६
मन्थली- गए रातीको अविरत वर्षका कारण रामेछाप र ओखलढुङ्गा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ । विगत केही महिना देखिनै जोखिम अवस्थामा रहेको लिखु नदीमा अवस्थित गाईघाट झोलुङ्गे पुल बाढीले बगाए पछि ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–१ र रामेछापको उमाकुण्ड गाउँपालिका–७ का स्थानीयहरु समस्यामा परेका छन् ।
बाढीले पुल बगाउँदा उक्त पुल तरेर आवत जावत गर्ने सर्वसाधारणले दुई घण्टाको बाटो पैदल हिडेर बिमिरे पुल सम्म पुग्नु पर्ने बाध्यता परेको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडाध्यक्ष रुद्रमणी नेवारले बताउनुभयो । बाढीले पुल बगाए पछि दैनिक रुपमा झोलुङ्गे पुल तरेर यात्रा गर्ने करिब एक सय सर्वसाधारणलई समस्या परेको वडाध्यक्ष नेवारले बताउनुभयो । वर्षादको समय भएकाले तत्काल समस्याको समधान नभए पनि गाउँपालिकाले प्राविधिकहरुसँग समन्वय गरेर पुल बनाईने वडाध्यक्ष नेवारले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया