काठमाण्डौं ,१७ फागुन । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ केन्द्रीय समितिको १२ औं पूर्ण बैठक काठमाण्डौंमा सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष संजय कुमार चौधरीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले यहि फागुन १८ र १९ गते काठमाण्डौमा हुने सातौं राष्ट्रिय महाधिबेशनमा लैजान महासचिब र कोषाध्यक्षको प्रतिवेदन पास गरेको छ ।
बैठकले महासंघका पूर्व अध्यक्ष हरि प्रसाद अर्यालको संयोजकत्वमा कृष्ण प्रसाद पाण्डे, गोबिन्द महर्जन, पुष्पराज पौडेल, बालकृष्ण बस्याल, नरेश चन्द्र भट्टराई, र , प्रदिप सापकोटा सहितको ७ सदस्सिय निर्वाचन समिति गठन गरेको छ ।
बैठकले शनिवार हुने महासंघको बन्द सत्रमा हुने निर्वाचन प्रकृयाका लागि मनोनयन दस्तुर पनि निर्धारण गरेको छ ।
जस अनुसार अध्यक्ष पदका उमेद्वारहरुका लागि २५ हजार, उपाध्यक्ष, कोषाध्यक्ष र महासचिवका लागि २० हजार, उप–महासचिब, सह–कोषाध्यक्ष र लेखा समितिको संयोजकका लागि १५ हजार र सदस्य पदका लागि ५ हजार निर्धारण गरिएको छ भने मनोनयन फाराम दस्तुर रु ५ सय तय गरिएको महासंघका सचिब बुद्धि प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यो बैठक वर्तमान समितिको कार्याकालको अन्तिम बैठक भएको महासचिब शिवसागर शर्माले बताउनुभयो ।
शुक्रवार १० बजे देखि राष्ट्रिय सभागृहमा सुरु हुने महाधिबेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।












यो बारेमा तपाईको प्रतिकृया