मन्थली,२८ फागुन । यहि फागुन ३० गते हुन गइरहेको मन्थली नगरपालिका वडा नं ७ को वडाकार्यालय भवन उद्घाटनको अन्तिम तयारी पुरा भएको छ ।
सो वडाका वडा अध्यक्ष भुवनहरि प्रसाइले दिनुभएको जानकारी अनुसार “ उक्त दिन मन्थली नगर प्रमुख लव श्रेष्ठ द्धारा प्रशानिक भवनको उद्घाटन गर्ने अन्तिम तयारी पुरा भएको हो । ”
कार्यालयले यहि फागुन २९ र ३० गते नयाँ वडा कार्यालय भवनको ब्यवस्थापन र उद्घाटनका लागि आबश्यक तयारी गर्न आकस्मिक सेवा वाहेकका आफ्नो कार्यालयको सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।


कार्यालयले सोमवार एक सूचना जारी गरी फागुन ३० गते उद्घाटनको कार्यक्रम रहेको र २९ गते पुरानो भवनवाट नयाँ भवनमा कार्यलय ब्यवस्थपान गनुपर्ने भएकोले दुई दिन यस वडा कार्यालय वाट प्रवाह हुने आकस्मिक वाहेकका सेवाहरु बन्द हुने कुरा र यसरी बन्दहुँदा सेवाग्राहिहरूमा पर्न गएको असुबिधा प्रति क्षमायाचना समेत गरेको छ । साथै उक्त सूचनामै साे दिनकाे उद्घाटन कार्यक्रममा सम्पूर्ण वडावसीहरु सहभागि भएर कार्यक्रम को शोभा वढाइदिन पनि अनुरोध गरिएको छ ।
न्यू बेन्जानीन निर्माण सेवा कोटेश्वर,काठमाण्डौले १ करोड ३६ लाख को लागतमा उक्त भवनको निर्माण कार्य सम्न्न गरेको सम्पन्न गरेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया